नेयरमारको ह्याट्रिकमा ब्राजिलको शानदार जित « Khabarhub

नेयरमारको ह्याट्रिकमा ब्राजिलको शानदार जित


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  नेयमारको ह्याट्रिकमा विश्वकप छनोटमा ब्राजिलले पेरुमाथि ४–२ को शानदार जित हात पारेको छ ।

बुधबार बिहान भएको खेलमा पेरुले छैटौं मिनेटमा आन्द्रे कारिलोको गोलबाट अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेन ।

२८औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याए । ५९औं मिनेटमा रेनाटो तापियाले गोल गर्दै पेरुलाई २–१ ले अघि बढाए ।

त्यसको ५ मिनेटपछि रिचार्डलिसनले ब्राजिलका लागि बराबरी गोल फर्काए । बराबरीतर्फ उन्मुख भइरहेको खेलमा ८३औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई जिततर्फ अग्रसर गराए ।

खेल सकिन एक मिनेट बाँकी छदाँ कार्लोस जान्ब्रानो रातो कोर्ड खादै मैदान बाहिरिएपछि पेरु १० खेलाडीमा सीमिति बनेको थियो ।

दोस्रो हाफको इन्जुरी समयमा नेयमारले ह्याट्रिक पूरा गर्दै ब्राजिललाई शानदार जित दिलाए ।

विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार दोस्रो खेलमा जित निकालेको हो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ८ : ५७ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा