किन लाग्छ बाथरोग ? « Khabarhub

किन लाग्छ बाथरोग ?


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय अवस्थामा थाहै नभइ हाम्रो शरीरमा विभिन्न प्रकारका रोगले आक्रमण गर्दछ । यस्तै रोगमध्ये एक हो बाथ ।

शरीरमा हुने रोग प्रतिरोधात्मक पद्धतिको असन्तुलनले बाथ रोग लाग्ने गर्दछ । शरीरमा रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमतामा गडबडी आएपछि बाथ रोग उत्पन्न हुन्छ । यसले शरीरका विभिन्न जोर्नीहरुमा असर पुर्‍याउँछ । सामान्यतया बाथरोगमा जोर्नी दुख्ने लक्षण नै मुख्य हो ।

जोर्नीबाहेक शरीरका अन्य भागहरु फोक्सोमा लागे दम आउने, अक्सिजन घट्दै जाने, हातखुट्टाहरु निलो हुँदै जाने, खकार लाग्ने, खकारमा रगत देखिने हुन्छ । किड्नीमा लागे पिसाबबाट रगत जाने, पिसाबबाट प्रोटिनहरु जाने, त्यसले गर्दा जिउहरु दुख्ने त्यस्तो समस्याहरु देखिन सक्छ ।

त्यस्तै मस्तिष्कमा बाथरोग लागे मिर्गी रोग लाग्ने वा बेहोस हुने समस्याहरु देखिन सक्छ । कुन अङ्गमा बाथरोग लाग्छ, त्यस अनुसार फरक फरक लक्षण हुन सक्छ ।

बाथरोगले कपालदेखि नङ्सम्म असर गर्दछ । बाथ रोगले मान्छेको ज्यान लिने संभावना कम हुन्छ । तर अपाङ्गसम्म बनाउन सक्छ । बाथ रोग सक्रिय भए उपचार गर्नुपर्दछ अन्यथा उपचार गर्नु पर्दैन । तथापी बाथका बिषयमा चिकित्सकको परामर्श अनिवार्य हुन्छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १ : १३ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको