धावनमार्ग निर्माण अन्तिम चरणमा « Khabarhub

धावनमार्ग निर्माण अन्तिम चरणमा


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- कोरोना भाइरस र लामो वर्षात्का कारण प्रभावित बनेको बागलुङको बलेवा विमानस्थलको धावनमार्गको कालोपत्र गर्ने काम पुनः अगाडि बढेको छ ।

गत आर्थिक मसान्त २०७६/७७ भित्रै धावनमार्गको कालोपत्र गर्नका लागि ग्राभेल गर्ने लक्ष्य राखिए पनि कोराना भाइरसको महामारी र लगातारको वर्षाले काम प्रभावित बनेको थियो ।

अहिले वर्षा रोकिएपछि कालोपत्रका लागि आवश्यक कामले तीव्रता पाएको छ ।

विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत विसं २०७६ फागुनमा काम शुरु गरेको थियो ।

अहिले धावनमार्गको कालोपत्र गर्ने भागको कटिङ सकिएर ग्राभेलको काम शुरु गर्न थालिएको कालोपत्रको जिम्मा लिएको काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुका आधिकारिक प्रतिनिधि बासु थापाले जानकारी दिए ।

‘हामीले शुरुमा कोरोना भाइरस र लगातारको वर्षाका कारण काम गर्न सकेका थिएनौँ’, थापाले भने, ‘वर्षा रोकिएपछि दुई हप्ता अगाडिदेखि निर्माणमा तीव्रता दिँदा कटिङको काम सकिएको छ, ग्राभेल सङ्कलन गरिरहेको र तिहारलगत्तै ग्राभेल गरिने छ ।’

अहिले कालोपत्रका लागि चाहिने ग्राभेल कालीगण्डकी करिडोरमा खसेको पहिरो उठाएर ल्याउने काम भइरहेको छ ।

सबैभन्दा बढी समय लाग्ने कटिङलाई लाग्ने भए पनि पूर्णरूपमा कटिङको काम सकिएर ग्राभेल बिच्छाउने तयारीमा जुटेको निर्माण कम्पनीले जनाएको छ ।

आगामी वैशाखसम्म विमानस्थलको निर्माणकार्य सक्ने ठेकेदार कम्पनीको दाबी छ ।  धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको थियो ।

आगामी फागुनभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा २२ मिटर चौडाइ धावनमार्ग कालोपत्र सक्ने गरी नागरिक उड्डन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेका थियो ।

कोरोना र वर्षाका कारण निर्माणमा ढिलाइ भएकाले सम्झौता अवधिभित्रै धावनमार्ग कालोपत्रका लागि समस्या हुने देखिएको छ ।

विमानस्थलको धावनमार्ग र विमान पार्किङ कालोपत्रसँगै विमानस्थल क्षेत्रको तारबार र नाली निर्माण गरिने छ ।

निर्माण कम्पनीका कारण कालोपत्रमा ढिलाइ नभए पनि कोरोना र वर्षाका कारण समस्या भए पनि पछिल्लो समय निर्माणले गति दिएको नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि दीपक बगालेले जानकारी दिए ।

बगालेका अनुसार धावनमार्ग माटोको सतहबाट १४ इन्च ग्राभेल र दुई इन्च कालोपत्र गरिनेछ ।

२६ वर्षदेखि बन्द अवस्थामा रहेको बिमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आए पनि आवश्यक पूर्वाधार र धावनमार्ग कच्ची भएका कारण अहिले बन्द अवस्थामा छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १० : ४९ बजे

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना