आईफोन १२ का नयाँ चार मोडल सार्वजनिक (मूल्य र विशेषतासहित) « Khabarhub

आईफोन १२ का नयाँ चार मोडल सार्वजनिक (मूल्य र विशेषतासहित)


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी टेक कम्पनी एप्पलले बहुप्रतिक्षित आईफोन १२ का विभिन्न चार मोडलहरू सार्वजनिक गरेको छ ।

‘हाई स्पीड’ इभेन्टमार्फत एप्पलको सबै नयाँ आईफोन १२ लाइनअपमा सार्वजनिक गरेको हो ।

एप्पलले सो इभेन्टमा ५.४ इन्चदेखि ६.७ इन्चसम्मका नयाँ आईफोन मोडलहरु लन्च गरेको छ । जसको मूल्य ६९९ अमेरिकी डलरदेखि १,०९९ डलरसम्म तोकिएको छ ।

कम्पनीले आईफोन १२ मिनी, आईफोन १२, आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्स सार्वजनिक गरेको छ ।

 

सबै आईफोन १२ सिरिजमा ५ जी कनेक्टिभिटी पनि सपोर्ट हुनेछ । आईफोन १२ मोडलहरूमा एमएमवेभ ५जी साथै सब सिक्स गिगाहर्ज ५ जीको सपोर्ट छ ।

यस्ता छन् विशेषता र मूल्य

आईफोन १२ मिनी:

डिस्प्ले : ५.४ इन्च

कलर : कालो, सेतो, रातो, निलो र हरियो

स्टोरेज अप्सन : ६४ जीबी, १२८ जीबी, र २५६ जीबी

डल्बी भिजन भिडियो रेकर्डिङ्ग

डुअल क्यामरा, वाईड एंगल प्लस अल्ट्रा-वाइड एंगल, १.६

मूल्यः ६९९ डलरबाट सुरू

आईफोन १२

डिस्प्ले : ६.१ इन्च

कलर : कालो, सेतो, रातो, निलो र हरियो

स्टोरेज अप्सनः ६४ जीबी, १२८ जीबी, र २५६ जीबी

डल्बी भिजन भिडियो रेकर्डिङ्ग

डुअल क्यामरा, वाईड एंगल प्लस अल्ट्रा-वाइड एंगल, १.६

मूल्यः ७९९ डलरबाट सुरू

आईफोन १२ प्रो:

डिस्प्ले : ६.१ इन्च

कलर : गोल्ड, सिल्भर, ग्राफिट र निलो

स्टोरेज अप्सनः १२८ जीबी, २५६ जीबी र ५१२ जीबी

डल्बी भिजन भिडियो रेकर्डिङ्ग

क्यामेरा : डुअल क्यामरा, वाईड एंगल प्लस अल्ट्रा-वाइड एंगल, टेलिफोटो प्लस लाईडार, फोरएक्स अप्टिकल जूम

मूल्यः ९९९ डलरबाट सुरू

आईफोन १२ प्रो म्याक्स

डिस्प्ले : ६.७ इन्च

कलर : गोल्ड, सिल्भर, ग्राफिट र निलो

स्टोरेज अप्सनः १२८ जीबी, २५६ जीबी र ५१२ जीबी

डल्बी भिजन भिडियो रेकर्डिङ्ग

क्यामेरा : डुअल क्यामेरा, वाईड एंगल प्लस अल्ट्रा-वाइड एंगल, टेलिफोटो प्लस लाईडार, फाइभएक्स अप्टिकल जूम

मूल्यः १,०९९ डलरबाट सुरू

एप्पलका अनुसार आइफोन १२ का सबै सिरिज अक्टुबर २३ देखि बजारमा उपलब्ध हुनेछन् । यसको प्रिअडर भने अक्टुबर १६ देखि गर्न सकिने छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १ : ५३ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको