भारतका सेना प्रमुख मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउँदै « Khabarhub

भारतका सेना प्रमुख मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउँदै


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर नक्सा जारी गर्दा ‘कूटनीतिक मर्यादा विपरित’ टिप्पणी गरेका भारतीय सेनाध्यक्ष नरवाणे दशैं र तिहारको बीचमा नेपाल भ्रमणमा आउन लागेका हुन् ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटेर नक्सा जारी गरेको विषयलाई नरवाणेले चीनसँगको मिलेमतोको रुपमा टिप्पणी गरेका थिए ।

नेपाल र भारतका सेना प्रमुखले एक–अर्को देशका सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने कार्यक्रमका लागि सेनाध्यक्ष नरवाणे नेपाल आउन लागेका हुन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने कार्यक्रम तय भइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा सेनाध्यक्ष नरवाणेलाई परराष्ट्र मन्त्रालयमार्फत नेपाल भ्रमणको निम्तो दिइएको थियो ।

नेपाल भ्रमणका क्रममा उनले मुक्तिनाथको दर्शन गर्ने कार्यक्रम समेत तय भएको जनाइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ३ : २५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु