बुधबार एक घण्टामा ७.५६ अंक घट्यो शेयर बजार « Khabarhub

बुधबार एक घण्टामा ७.५६ अंक घट्यो शेयर बजार


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार एक घण्टाको कारोबारमा शेयर बजार ७ दशमलव ५६ अंक घटेर १ हजार ५६१ दशमलव शून्य ३ विन्दुमा झरेको छ ।

यो अवधिसम्म सेन्सेटिभ इन्डेक्स १ दशमलव ४२ अंक घटेर ३०९ दशमलव ९९ विन्दुमा ओर्लिएको छ । बुधबार १ हजार ५७२ दशमलव ३५ विन्दुदेखि खुलेको बजार १ हजार ५७३ दशमलव शून्य ९ विन्दुसम्म पुगेर ओरालो लागेको हो ।

एक घण्टामा २९ करोड ५८ लाख २१ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । १६५ कम्पनीको यस अवधिसम्म १० लाख ९१ हजार ४ कित्ता शेयर कारोबार भएको हो । बुधबार सर्वाधिक रकमको कारोबार सानिमा बैंकको भएको छ ।

यस कम्पनीको ३ करोड ४३ लाख ७९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । सानिमा बैंकले आजै १३ दशमलव ६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ३ दशमलव ६० प्रतिशत लाभांशका कारण सानिमा बैंकको शेयर कारोबार बढी भएको हो ।

बुधबारदेखि नियमित सेसनमा कारोबार सुरु भएको जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य यो दिन सर्वाधिक ९ दशमलव ८४ प्रतिशतले बढेको छ ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहमध्य व्यापारिक समूहको परिसूचक शून्य दशमल १४ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । यो दिन एक घण्टामा सर्वाधिक परिसूचक विकास बैंक समूहको १ दशमलव ७५ प्रतिशतले घटेको हो ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ३ : ४५ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम