बुधबार नेप्से ७.४२ अंकले ओरालो  « Khabarhub

बुधबार नेप्से ७.४२ अंकले ओरालो 


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार शेयर बजार परिसुचक नेप्से ७.४२ अंकले ओरालो लागेको छ । बुधबार नेप्से सुचक १५ सय ६१ दशमलव १७ अंकको विन्दुमा बजार बन्द भएको छ ।

यस्तै ‘क’ वर्ग का कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसुचक पनि १.६६ अंकले ओरालो लाग्दै ३ सय ९ दशमलव ७५ अंकमा बजार बन्द भएको छ ।

०.४७ प्रतिशतले घटेको बजारमा होटल समुहको परिसुचक मात्र ०.१४ प्रतिशतले बढेको छ । बाँकि ११ समुहको परिसुचक सबैम ागिरावट देखिएको छ । जसमध्य विकासबैंक, फाइनेन्स र जलविद्युत समुहको परिसुचक १ प्रतिशत भन्दा धेरैले ओरालो लागेको छ भने बाँकि सबै समुहको परिसुचक १ प्रतिशत भन्दा थोरैले ओरालो लागेका छन् ।

१३.६ प्रतिशत लाभांश धोषणा गरेको सानिमा बैंकको ७ करोड २५ लाख ४३ हजार ८ सय ८४ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै शेयर संख्याका आधारमा नेश्नल हाइड्रो पावर कम्पनी लिमिटेडको सर्वाधिक २ लाख ७७ हजार ४ सय ३१ कित्ता शेयर खरिदविक्रि भएको छ । कारोबार संख्याका आधारमा भने १ हजार २ सय ९६ पटकको कारोबार गर्दै रिलायन्स लाइफ इन्स्योरेन्स अग्र स्थानमा रहेको छ ।

सोमबार सुचिकृत भएर बुधबारबाट कारोबार शुरु भएको जनरल इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेर ९.८४ प्रतिशतले शेयर मूल्य बढेको छ भने दोस्रो स्थानमा नेपाल फाइनेन्स लिमिटेडको ९.७५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बुधबार गुमाउनेमा अधिकाशं जलविद्युत समुहका कम्पनी रहेका छन् । घम्लेदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक ७.२६ प्रतिशतले गुमाएका छन् भने अपि पावर कम्पनी लिमिटेड का लगानीकर्ताले ५.९१ प्रतिशतले गुमाएका छन् ।

बुधबार १ सय ९५ कम्पनीको २४ हजार ८ सय ९९ पटकको कारोबारमा ५२ लाख ९१ हजार ३ सय १४ कित्ता शेयरको खरिदविक्रि हुँदा १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९ सय ९२ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका कम्पनीमध्य ३० कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १२७ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकि १२ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ५ : १४ बजे

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान

आन्तरिक विद्युत खपत बढाउन नीतिगत सुधारको तयारी, पूर्वी एसियासम्म निर्यात गर्ने लक्ष्य : ऊर्जामन्त्री

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युतको आन्तरिक खपत

दुई विधेयक दफावार छलफलका लागि स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले आज ‘पर्यटन विधेयक २०८२’ र ‘नेपाल राष्ट्र

जलजलाका १४९ सुत्केरीलाई घ्यू र अण्डा वितरण

पर्वत– जलजला गाउँपालिकाले चालु आर्थिक वर्षमा मल्लाज, लेकफाँट र शालिजाका

असार नसकिँदै रित्तियो आँप

महोत्तरी- मध्य जेठदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो ।