बुधबार नेप्से ७.४२ अंकले ओरालो  « Khabarhub

बुधबार नेप्से ७.४२ अंकले ओरालो 


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार शेयर बजार परिसुचक नेप्से ७.४२ अंकले ओरालो लागेको छ । बुधबार नेप्से सुचक १५ सय ६१ दशमलव १७ अंकको विन्दुमा बजार बन्द भएको छ ।

यस्तै ‘क’ वर्ग का कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसुचक पनि १.६६ अंकले ओरालो लाग्दै ३ सय ९ दशमलव ७५ अंकमा बजार बन्द भएको छ ।

०.४७ प्रतिशतले घटेको बजारमा होटल समुहको परिसुचक मात्र ०.१४ प्रतिशतले बढेको छ । बाँकि ११ समुहको परिसुचक सबैम ागिरावट देखिएको छ । जसमध्य विकासबैंक, फाइनेन्स र जलविद्युत समुहको परिसुचक १ प्रतिशत भन्दा धेरैले ओरालो लागेको छ भने बाँकि सबै समुहको परिसुचक १ प्रतिशत भन्दा थोरैले ओरालो लागेका छन् ।

१३.६ प्रतिशत लाभांश धोषणा गरेको सानिमा बैंकको ७ करोड २५ लाख ४३ हजार ८ सय ८४ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै शेयर संख्याका आधारमा नेश्नल हाइड्रो पावर कम्पनी लिमिटेडको सर्वाधिक २ लाख ७७ हजार ४ सय ३१ कित्ता शेयर खरिदविक्रि भएको छ । कारोबार संख्याका आधारमा भने १ हजार २ सय ९६ पटकको कारोबार गर्दै रिलायन्स लाइफ इन्स्योरेन्स अग्र स्थानमा रहेको छ ।

सोमबार सुचिकृत भएर बुधबारबाट कारोबार शुरु भएको जनरल इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेर ९.८४ प्रतिशतले शेयर मूल्य बढेको छ भने दोस्रो स्थानमा नेपाल फाइनेन्स लिमिटेडको ९.७५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

बुधबार गुमाउनेमा अधिकाशं जलविद्युत समुहका कम्पनी रहेका छन् । घम्लेदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक ७.२६ प्रतिशतले गुमाएका छन् भने अपि पावर कम्पनी लिमिटेड का लगानीकर्ताले ५.९१ प्रतिशतले गुमाएका छन् ।

बुधबार १ सय ९५ कम्पनीको २४ हजार ८ सय ९९ पटकको कारोबारमा ५२ लाख ९१ हजार ३ सय १४ कित्ता शेयरको खरिदविक्रि हुँदा १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९ सय ९२ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका कम्पनीमध्य ३० कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १२७ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकि १२ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ५ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै