लोक सेवा आयोगले सहसचिव र उपसचिवका लागि आवेदन माग्यो « Khabarhub

लोक सेवा आयोगले सहसचिव र उपसचिवका लागि आवेदन माग्यो


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोक सेवा आयोगले संघीय संसद, निजामती सेवा र स्वास्थ्य सेवातर्फ सहसचिव तथा उपसचिव पदका लागि आवेदन खुला गरेको छ।

राजपत्राङ्कित प्रथम र द्वितिय श्रेणी (प्राविधिक र अप्राविधिक), स्वास्थ्य सेवातर्फ नवौं र एघारौं तहका पदका लागि बुधबार आयोगले विज्ञापन खुलाएको हो।

१८० भन्दा बढी सहसचिव र ४५० भन्दा बढी उपसचिव पदमा आयोगले आवेदन माग गरेको छ। माग गरिएका अधिकांश कोटा बढुवाबाट पदपुर्ति हुने किसिमका छन्।

आयोगले आज खुलाएको विज्ञापन अनुसार परीक्षाका लागि  १८ कात्तिकसम्म फारम भरिसक्नु पर्नेछ। आयोगको वेवसाइटमा गएर अनलाइनबाटै आवेदन दिन सकिनेछ।

दरखास्त दस्तुर राजपत्राङ्कित पहिलो श्रेणी र स्वास्थ्यतर्फ एघारौं तहका लागि एक हजार पाँच सय र राजपत्राङ्कित द्वितिय श्रेणी र नवौं तहका लागि एक हजार दुई सय रूपैयाँ बुझाउनु पर्ने आयोगले बताएको छ। परीक्षा मंसिरदेखि शुरू हुनेछ।

आयोगले १८ कात्तिकसम्म २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकले फारम भर्न सक्ने बताएको छ। तर, स्थायी निजामती कर्मचारीका हकमा भने उमेर हद लागू छैन।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ३ : ५५ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको