लोक सेवा आयोगले सहसचिव र उपसचिवका लागि आवेदन माग्यो « Khabarhub

लोक सेवा आयोगले सहसचिव र उपसचिवका लागि आवेदन माग्यो


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोक सेवा आयोगले संघीय संसद, निजामती सेवा र स्वास्थ्य सेवातर्फ सहसचिव तथा उपसचिव पदका लागि आवेदन खुला गरेको छ।

राजपत्राङ्कित प्रथम र द्वितिय श्रेणी (प्राविधिक र अप्राविधिक), स्वास्थ्य सेवातर्फ नवौं र एघारौं तहका पदका लागि बुधबार आयोगले विज्ञापन खुलाएको हो।

१८० भन्दा बढी सहसचिव र ४५० भन्दा बढी उपसचिव पदमा आयोगले आवेदन माग गरेको छ। माग गरिएका अधिकांश कोटा बढुवाबाट पदपुर्ति हुने किसिमका छन्।

आयोगले आज खुलाएको विज्ञापन अनुसार परीक्षाका लागि  १८ कात्तिकसम्म फारम भरिसक्नु पर्नेछ। आयोगको वेवसाइटमा गएर अनलाइनबाटै आवेदन दिन सकिनेछ।

दरखास्त दस्तुर राजपत्राङ्कित पहिलो श्रेणी र स्वास्थ्यतर्फ एघारौं तहका लागि एक हजार पाँच सय र राजपत्राङ्कित द्वितिय श्रेणी र नवौं तहका लागि एक हजार दुई सय रूपैयाँ बुझाउनु पर्ने आयोगले बताएको छ। परीक्षा मंसिरदेखि शुरू हुनेछ।

आयोगले १८ कात्तिकसम्म २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकले फारम भर्न सक्ने बताएको छ। तर, स्थायी निजामती कर्मचारीका हकमा भने उमेर हद लागू छैन।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ३ : ५५ बजे

कोइराला निवासका लागि छुट्याइएको २ करोड रुपैयाँ लिन मानेनन् शेखरले 

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका