डा. भट्टराईले लगाएको भ्रष्टाचारको आरोप झुटो र दुराशयपूर्ण : नेकपा « Khabarhub

डा. भट्टराईले लगाएको भ्रष्टाचारको आरोप झुटो र दुराशयपूर्ण : नेकपा


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुढीगण्डकी परियोजनामा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले अर्बौं घुस लिएको भनी पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको सत्तारुढ नेकपाले खण्डन गरेको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै भट्टराईको आरोप झुटो, कपोलकल्पित, आधारहीन र दुराशयपूर्ण भएको बताएका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टी त्यसलाई पूर्णरुपमा खारेज गर्दै घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

भट्टराईले केही दिन पहिले गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकी परियोजनामा ओली, दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले ९ अर्ब घुस लिएको प्रमाण आफूसँग भएको दावी गरेका थिए ।

श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी त्यससँग सम्बन्धित तथाकथित कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको आधिकारिक निकायमा पेश गर्न चुनौती दिन्छौं ।’ श्रेष्ठले भट्टराईसँग त्यस्तो प्रमाण नभएको दावी गर्दै प्रमाणको हौवा भ्रमको खेती भएको दावी गरिएको छ । वि

ज्ञप्तिमा ‘राज्यको गरिमामय पद सम्हालीसकेको व्यक्तिबाट प्रचारित यसप्रकारको आपत्तिजनक एवं गैरजिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमायाचना हुनुपर्दछ’ भनिएको छ ।

भट्टराईको अभिव्यक्तिपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि विज्ञप्ति प्रकाशित गरी उनलाई प्रमाण देखाउन चुनौती दिएका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ८ : ४० बजे

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र