मन्त्रिपरिषद् पुनर्गठनमा अध्यक्ष प्रचण्ड र नेपाल पक्ष असन्तुष्ट « Khabarhub

मन्त्रिपरिषद् पुनर्गठनमा अध्यक्ष प्रचण्ड र नेपाल पक्ष असन्तुष्ट


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि व्यक्त गरेका छन् ।

स्थायी कमिटी र सचिवालयको स्पिरिटअनुसार पुनर्गठन नभएको भन्दै प्रचण्ड असन्तुष्ट बनेको प्रचण्डनिकट स्रोतले बताएको छ ।

‘प्रधानमन्त्रीले जसरी पुनर्गठन गर्नुभएको छ, त्यो स्थायी कमिटी र सचिवालय बैठकको निर्णयअनुसार भएन,’ प्रचण्डनिकट स्रोतले भन्यो । सहमतिमा सरकार सञ्चालन गर्ने नियत नदेखिएको प्रचण्ड नकट स्रोतले जनाएको छ ।

यसैबीच वरिष्ठ नेता नेपालले पनि मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको आरोप लगाएका छन् ।

उनले यसमा कुनै सहमति नभएको र  यो पार्टीको निर्णयविपरीत भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार आफ्नो गुटका मात्रै मन्त्री बनाएको उनीहरुको आरोप छ ।

ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेललाई दिएका छन् ।

त्यस्तै सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीला श्रेष्ठलाई जिम्मेवारी दिएका छन् ।

रक्षामन्त्री ईश्वर पोखरेलको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मा दिएका छन् भने सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी पार्वत गुरुङलाई दिएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेता नेपाल स्रोतले भन्यो, “हामीसँग कुनै सल्लाह गरिको पनि छैन । यो पार्टी निर्णयविपरीत छ ।”

स्रोतका अनुसार सहरी विकास मन्त्रालयमा ओखलढुङ्गाबाट निर्वाचित सांसद यज्ञराज सुनुवारको नाम नेपाल पक्षले पठाएको थियो । ओलीले श्रेष्ठलाई मन्त्री बनाएपछि नेपाल पक्ष असन्तुष्ट बनेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ८ : ३५ बजे

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र