मन्त्रिपरिषद् पुनर्गठनमा अध्यक्ष प्रचण्ड र नेपाल पक्ष असन्तुष्ट « Khabarhub

मन्त्रिपरिषद् पुनर्गठनमा अध्यक्ष प्रचण्ड र नेपाल पक्ष असन्तुष्ट


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि व्यक्त गरेका छन् ।

स्थायी कमिटी र सचिवालयको स्पिरिटअनुसार पुनर्गठन नभएको भन्दै प्रचण्ड असन्तुष्ट बनेको प्रचण्डनिकट स्रोतले बताएको छ ।

‘प्रधानमन्त्रीले जसरी पुनर्गठन गर्नुभएको छ, त्यो स्थायी कमिटी र सचिवालय बैठकको निर्णयअनुसार भएन,’ प्रचण्डनिकट स्रोतले भन्यो । सहमतिमा सरकार सञ्चालन गर्ने नियत नदेखिएको प्रचण्ड नकट स्रोतले जनाएको छ ।

यसैबीच वरिष्ठ नेता नेपालले पनि मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको आरोप लगाएका छन् ।

उनले यसमा कुनै सहमति नभएको र  यो पार्टीको निर्णयविपरीत भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार आफ्नो गुटका मात्रै मन्त्री बनाएको उनीहरुको आरोप छ ।

ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेललाई दिएका छन् ।

त्यस्तै सहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा लीला श्रेष्ठलाई जिम्मेवारी दिएका छन् ।

रक्षामन्त्री ईश्वर पोखरेलको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मा दिएका छन् भने सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी पार्वत गुरुङलाई दिएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेता नेपाल स्रोतले भन्यो, “हामीसँग कुनै सल्लाह गरिको पनि छैन । यो पार्टी निर्णयविपरीत छ ।”

स्रोतका अनुसार सहरी विकास मन्त्रालयमा ओखलढुङ्गाबाट निर्वाचित सांसद यज्ञराज सुनुवारको नाम नेपाल पक्षले पठाएको थियो । ओलीले श्रेष्ठलाई मन्त्री बनाएपछि नेपाल पक्ष असन्तुष्ट बनेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ८ : ३५ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको