दोस्रो पटक अर्थमन्त्री बने नेकपा महासचिव पौडेल « Khabarhub

दोस्रो पटक अर्थमन्त्री बने नेकपा महासचिव पौडेल


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रालयको जिम्मा विष्णु पौडेललाई दिएका छन्।

डा. युवराज खतिवडा बाहिरिएपछि प्रधानमन्त्री आफैंले सम्हालिरहेको अर्थमन्त्रालय पौडेललाई जिम्मा लगाएका हुन्।

ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि २०७२ असोजमा पौडेल अर्थमन्त्री बनेका थिए।

अर्थमन्त्री बनेका पौडेल निजी क्षेत्रमैत्री मानिन्छन् । कोडिभ-१९ ले अर्थतन्त्रमा गम्भीर असर पारेका बेला उनका लागि आगामी कार्यकाल सहज भने छैन ।

कोरोनाका कारण गरिएको लकडाउन र त्यसको असरका कारण आर्थिक वृद्धि ऋणात्मक हुनसक्ने अर्थविद्हरुले बताइरहेका बेला अर्थतन्त्रलाई सही दिशातर्फ लैजान उनलाई चुनौतीपूर्ण हुनेछ ।

त्यसो त जलस्रोत मन्त्री बनेका बेला उनले लामो समयदेखि पुनरावलोकन नभएको विद्युत खरिद सम्झौता व्यवसायीको माग अनुसार चलाएका थिए।

अर्थ मन्त्रालयको नेतृत्व गर्दै गर्दा पौडेलमाथि बजेटको कार्यान्वयन गर्ने चुनौती छ।

यस्तो छ बायोडाटा

यसअघि पौडेल गणतन्त्र नेपालको पहिलो संयुक्त सरकारमा जलश्रोत मन्त्री थिए । २०५१ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित पौडेल २०५३ सालमा युवा खेलकुद तथा संस्कृती मन्त्री पनि भएका थिए ।

२०३७ सालमा ३ वर्ष राजकाजको मुद्धा खेपेका पौडेल ३ हजार रुपैयाँ जरिवाना सहित भैरहवा जेल चलान भएका थिए ।

देवीलाल र रेवती पौडेलका छोरा विष्णुप्रसाद पौडेलको जन्म २०१६ साल मंसिर ५ गते स्याङ्जाको पुतलीबजार-१३ मा भएको हो। माध्यमिक तहसम्म पढेका पौडेल २०३३ सालदेखि राजनीतिमा सक्रिय छन्।

तत्कालीन नेकपा एमालेका केन्द्रीय सचिवसमेत रहेका पौडेल २०६४ सालको संविधानसा चुनावमा रुपन्देही क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए। अहिले उनी नेकपाको महासचिव छन्।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ९ : १५ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध