बालेन सरकार : प्रधानमन्त्रीसहित सबै मन्त्रीले लिँदै शपथ « Khabarhub

बालेन सरकार : प्रधानमन्त्रीसहित सबै मन्त्रीले लिँदै शपथ


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा १५ सदस्यीय संघीय मन्त्रिपरिषद् गठन भएको छ । बालेन नेतृत्वको क्याबिनेटमा पाँचजना महिलाले अवसर पाएका छन् ।

प्रधानमन्त्री बालेनसहित सबै १४ मन्त्रीले शुक्रबार नै शीतल निवासमा शपथ ग्रहण गर्दैछन् । बालेनलाई यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बनाइसकेका छन्। बालेनको काँधमा रक्षा र उद्योग मन्त्रालय पनि आएको छ।

बालेनको मन्त्रिपरिषदमा दोस्रो वरीयता स्वर्णिम वाग्लेले पाएका छन् । उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । सोबिता गौतम कानुन मन्त्री र शिशिर खनाल परराष्ट्रमन्त्री बनेका छन् ।

गोरखाबाट निर्वाचित सुधन गुरुङलाई आश्चर्यजनक रुपमा गृह मन्त्री बनाइएको छ। उता काठमाडौंका विराजभक्त श्रेष्ठले ऊर्जा मन्त्रालय पाएका छन् ।

सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल आएकी छन् । नुवाकोटका डा. विक्रम तिमिल्सिना सञ्चारमन्त्री बन्ददा महोत्तरीका दीपक साहले श्रम मन्त्रीको जिम्मेवारी पाएका छन् ।

काठमाडौंका सस्मित पोखरेललाई शिक्षा मन्त्रालय दिइएको छ। कास्कीका खड्क (गणेश) पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् । उता सीता वादी महिला, बालबालिका मन्त्री भएकी छन् । सुनसरीकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएकी छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १२ : १९ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म