बालेन सरकार : प्रधानमन्त्रीसहित सबै मन्त्रीले लिँदै शपथ « Khabarhub

बालेन सरकार : प्रधानमन्त्रीसहित सबै मन्त्रीले लिँदै शपथ


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा १५ सदस्यीय संघीय मन्त्रिपरिषद् गठन भएको छ । बालेन नेतृत्वको क्याबिनेटमा पाँचजना महिलाले अवसर पाएका छन् ।

प्रधानमन्त्री बालेनसहित सबै १४ मन्त्रीले शुक्रबार नै शीतल निवासमा शपथ ग्रहण गर्दैछन् । बालेनलाई यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बनाइसकेका छन्। बालेनको काँधमा रक्षा र उद्योग मन्त्रालय पनि आएको छ।

बालेनको मन्त्रिपरिषदमा दोस्रो वरीयता स्वर्णिम वाग्लेले पाएका छन् । उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । सोबिता गौतम कानुन मन्त्री र शिशिर खनाल परराष्ट्रमन्त्री बनेका छन् ।

गोरखाबाट निर्वाचित सुधन गुरुङलाई आश्चर्यजनक रुपमा गृह मन्त्री बनाइएको छ। उता काठमाडौंका विराजभक्त श्रेष्ठले ऊर्जा मन्त्रालय पाएका छन् ।

सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल आएकी छन् । नुवाकोटका डा. विक्रम तिमिल्सिना सञ्चारमन्त्री बन्ददा महोत्तरीका दीपक साहले श्रम मन्त्रीको जिम्मेवारी पाएका छन् ।

काठमाडौंका सस्मित पोखरेललाई शिक्षा मन्त्रालय दिइएको छ। कास्कीका खड्क (गणेश) पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् । उता सीता वादी महिला, बालबालिका मन्त्री भएकी छन् । सुनसरीकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएकी छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १२ : १९ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता