अमेरिकामा संक्रमितको संख्यामा नयाँ कीर्तिमान, एकैदिन १ लाख ८३ हजारमा संक्रमण « Khabarhub

अमेरिकामा संक्रमितको संख्यामा नयाँ कीर्तिमान, एकैदिन १ लाख ८३ हजारमा संक्रमण


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना भाइरसको संक्रमणमा नयाँ कीर्तिमान कायम भएको छ ।

एक सातादेखि लगातार संक्रमितको संख्या बढेको अमेरिकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् ।

शनिबार एकै दिन १ लाख ८३ हजार ५२७ जनामा संक्रमण देखिएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड १० लाख ६४ हजार ३६४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६७ लाख ८९ हजार १४६ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ४० लाख २५ हजार २४३ जनामध्ये ३२ हजार २९७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४९ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३९५ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ४९ हजार ९७५ पुगेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ९ : ५५ बजे

लघुवित्तका उपलब्धि, समस्या र चुनौतीबारे छलफल हुने

काठमाडौं– लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफल गर्दै भावी

नयाँ सांसदहरूको शपथ चैत १२ गते दिउँसो सिंहदरबार परिसरमा

काठमाडौं- संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई आगामी चैत १२

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं- महानायक राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१