विवाहपछि त्याग्नै पर्ने ७ आनीबानी ! « Khabarhub

विवाहपछि त्याग्नै पर्ने ७ आनीबानी !


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  विवाहपछि पती पत्नीले आपसी जिम्मेवारी र दायित्व बाढ्नु पर्दछ । यसका लागि दुवैले निजी स्वार्थ त्याग गरी सामूहिक खुसी खोज्नुपर्छ ।

कतिपय अवस्थामा बिवाहपछि दम्पतीबीच कुरा नमिल्न सक्छ । एकअर्काको चाहाना र इच्छाहरु बाझिन्छन् । यो स्वभाविक भए पनि दुबैले समझदारी अपनाउन भने आवश्यक हुन्छ । त्यसैले यस्ता बिषयमा दुबैले कतिपय आनीबानी त्याग्नुपर्दछ ।

आज हामी विवाहपछि दाम्पत्य जीवनमा त्याग्नुपर्ने ७ आनीबानीवारे  चर्चा गर्नेछौँ-

१. विवाहपछि मानिस घुम्ने, खाने, कपडा किन्ने लगायतका शीर्षकमा अनावश्यक खर्च गर्दछन् । तर, आकाक्षांलाई सामान्य रुपमा पूरा गर्दै खर्च गर्नु बुद्धिमता हुन्छ ।

२. विवाहमा सबैको खर्च हुन्छ । कसैको धेर वा थोर भन्ने मात्र हो । तर, विवाहमा भएको खर्चलाई सधै बहस गर्नु राम्रो हुदैन । यसले सम्वन्धलाई राम्रो गर्दैन ।

३. पतिपत्नीले एकअर्कालाई आवश्यकता भएको विषय र आर्थिक व्ययभार बुझ्नु पर्दछ । यसका लागि दुवैको सहयोगी सहकार्य आवश्यक हुन्छ ।

४. कहिलेकाही दम्पतीबीच एक अर्काका नातेदारमाथि ठट्टा वा रमाइलो गर्दा त्यो व्यंग्य अशोभनीय हुन्छ । त्यसैले एकअर्काको आफन्त, इष्टमित्रको कुरा काट्न बन्द गर्नु पर्दछ ।

५. विवाहपछि आफ्नो पार्टनरलाई पूरानो प्रेम सम्बन्धको बारेमा चर्चा गरेर चिढ्याउनु हुँदैन । यस्तोमा आफ्नो पूर्व प्रेमी/प्रेमिकासंग तुलना गर्नु निकै घृणित हुन्छ ।

६. विवाहपछि श्रीमान श्रीमतीले एकअर्काको काममा सघाउनु पर्दछ । यो काम तेरो वा मेरो भनेर पन्छाउने बानी निकै खराब हुन्छ ।

७. कहिलेकाही विवाहपछि आफ्नो पार्टनरसंग निकै धेरै अपेक्षा गरीएको हुन्छ । तर, तपाईंको अपेक्षा पूरा हुनैपर्छ भन्ने मनसाय राख्नु भने हुदैँन । अवस्था अनुसार पार्टनरलाई बुझ्न नसक्दा धेरै महत्वाकांक्षा अपेक्षाले सम्बन्ध बिर्गान सक्छ ।-एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ६ : ४८ बजे

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित