तातोपानीमा चहलपहल बढ्दै « Khabarhub

तातोपानीमा चहलपहल बढ्दै


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – भूकम्पको असरले सुकेको पानीको मुहान यथास्थानमै पुनः फर्किएपछि चिलिमे तातोपानी क्षेत्रमा चहलपहल बढ्दै गएको छ ।

उपचार पद्धतिमा प्रयोग हुँदै आएको चिलिमे तातोपानी विसं २०७२ को भूकम्पको असरले पूरै मुहान सुकिसकेको अवस्थामा गत भदौ ३१ मा आएको पछिल्लो ठूलोे भूकम्प पछि यथास्थानबाटै मुहान प्रवाह भइरहेकाले त्यस भेकका बासिन्दा खुशी भएका छन् ।

गानुगोला, बाथ, छाला, अवलपित्त, दमखोकीलगायत रोग न्यूनीकरणका लागि उपयुक्त मानिँदै आएको तातोपानी पुनः उत्पत्ति भएसँगै आन्तरिक पर्यटकको चहलपहलसमेत बढ्न थालेको तातोपानी संरक्षण समितिका पूर्वअध्यक्ष रामबहादुर तामाङले बताए ।

मुहान सुक्दा सुनसान बन्न पुगेको त्यस क्षेत्रमा पुनः पानी उत्पत्ति भएपछि अहिले दैनिक ४० देखि ५० आन्तरिक पर्यटक नुहाउनका लागि तातोपानी पुग्ने गरेको र बन्द भइबसेका १५ वटा होटेलसमेत पुनः सञ्चालनमा आइसकेको बताइन्छ ।

मूल सुक्नु अगाडि ८२ डिग्री सेल्सियस तापक्रममा रहेको तातोपानी पुनः फर्कंदा २२ डिग्री सेल्सियसमा रहे पनि हालको नापबाट ४३ डिग्रीमा पुगेकाले अब एकदुई महिनामा तातोले पूर्णता पाउने अपेक्षा गरिएको स्थानीयवासी बामेन तामाङले बताए ।

विशेष मेलाअन्तर्गत नुहाउनका लागि प्रत्येक वर्ष कात्तिक र चैतमा हजारौँ आन्तरिक पर्यटक पुग्ने तातोपानी क्षेत्र तामाङ सम्पदा मार्गसमेत हो । कोभिड–१९ सङ्क्रमण हटेपछि बाह्य पर्यटकसमेत आउने अपेक्षा गरिएको बताइएको छ ।

पैदलमार्ग भएर जानुपर्ने तातोपानी क्षेत्रमा मोटरबाटो निर्माण भएसँगै केही दिन अगाडि बाट बस सेवा सञ्चालन भइसकेकाले हिउँदयामको यात्रा सहज हुने तातोपानी संरक्षण समितिले जनाएको छ ।

यस्तै, नुहाउनका लागि टिमुरे क्षेत्रमा रहेको तातोपानीलाई समेत व्यवस्थापन गरिएको छ । टिमुरे गाउँभन्दा एक किमी दक्षिण रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गको काखमा रहेको तातोपानीलाई व्यवस्थित पार्न रसुवागढी हाइड्रोपावरले पोखरी तथा पाटी निर्माण गरी सहयोग गरेकाले नुहाउन सहज भएको टिमुरेका वाङ्दी तामाङले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ३ : ३५ बजे

तीन वर्षीया बालिका गरिमा चौधरी हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक