अमेरिकी राष्ट्रपति ट्रम्पलाई अर्को झड्का « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पलाई अर्को झड्का


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि चुनाव प्रचारप्रसार गरेको कानुन व्यवसायी फर्मले पेन्सलभेनियामा हात झिकेपछि ट्रम्पलाई झड्का लागेको छ ।

निर्वाचनमा धाँधली भएको आरोपसहित अदालत पुगेका राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा वकालत गर्न कानुन व्यवासायी फर्मले हात झिकेको हो । ट्रम्पले चुनाव हारेपछि चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार कानुन व्यवसायी फर्मले पेन्सलभेनियामा ट्रम्पको मुद्दाबाट आफूलाई अलग गरेको हो ।

संघीय अदालतले ९ हजार ३ सय मेल इन भोटमा रोक लगाउन अस्वीकार गरेपछि यो कानुनी लडाइँ शुरु भएको थियो ।

यी मतपत्र गणना नगर्ने ट्रम्पको माग अस्वीकार गर्दै आएका थिए । न्यायाधीशले मतदानको दिनभन्दा पहिल्यै गएका मतपत्र मतदानको दिनभन्दा तीन दिन पछि आए पनि मान्य हुने फैसला सुनाएका थिए ।

न्यूयोर्क टाइम्सका अनुसार पोर्टर राइट मोरिस एण्ड आर्थर फिलाडेल्फिया र अन्य काउन्टीमा ट्रम्पले मतपरिणामलाई चुनौती दिँदै हालेको मुद्दाबाट अलग भएको हो । कानुन व्यवसायीहरुले नैतिक दुविधाको सामना गरिरहेको समाचारमा जनाइएको छ ।

वाशिङटनका निर्वाचनसम्बन्धी वकिल जोन हार्डिन योङ्गले भनेका छन्, ‘उनीहरु संघीय नियम र प्रक्रिया विपरित गइरहेका छन् । कुनै पनि उजुरी कानुन र तथ्यमा आधारित हुनुपर्छ ।’

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ४ : ५९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर