अमेरिकी राष्ट्रपति ट्रम्पलाई अर्को झड्का | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पलाई अर्को झड्का


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि चुनाव प्रचारप्रसार गरेको कानुन व्यवसायी फर्मले पेन्सलभेनियामा हात झिकेपछि ट्रम्पलाई झड्का लागेको छ ।

निर्वाचनमा धाँधली भएको आरोपसहित अदालत पुगेका राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा वकालत गर्न कानुन व्यवासायी फर्मले हात झिकेको हो । ट्रम्पले चुनाव हारेपछि चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार कानुन व्यवसायी फर्मले पेन्सलभेनियामा ट्रम्पको मुद्दाबाट आफूलाई अलग गरेको हो ।

संघीय अदालतले ९ हजार ३ सय मेल इन भोटमा रोक लगाउन अस्वीकार गरेपछि यो कानुनी लडाइँ शुरु भएको थियो ।

यी मतपत्र गणना नगर्ने ट्रम्पको माग अस्वीकार गर्दै आएका थिए । न्यायाधीशले मतदानको दिनभन्दा पहिल्यै गएका मतपत्र मतदानको दिनभन्दा तीन दिन पछि आए पनि मान्य हुने फैसला सुनाएका थिए ।

न्यूयोर्क टाइम्सका अनुसार पोर्टर राइट मोरिस एण्ड आर्थर फिलाडेल्फिया र अन्य काउन्टीमा ट्रम्पले मतपरिणामलाई चुनौती दिँदै हालेको मुद्दाबाट अलग भएको हो । कानुन व्यवसायीहरुले नैतिक दुविधाको सामना गरिरहेको समाचारमा जनाइएको छ ।

वाशिङटनका निर्वाचनसम्बन्धी वकिल जोन हार्डिन योङ्गले भनेका छन्, ‘उनीहरु संघीय नियम र प्रक्रिया विपरित गइरहेका छन् । कुनै पनि उजुरी कानुन र तथ्यमा आधारित हुनुपर्छ ।’

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ४ : ५९ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते