नेपालमा पछिल्लो २४ घण्टामा थपिए १९४६ कोरोना संक्रमित, १३ को मृत्यु « Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १९४६ कोरोना संक्रमित, १३ को मृत्यु


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पछिल्लो २४ घण्टामा नेपालमा नेपालमा थप १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न ल्याबमा गरिएको ८ हजार ७५३ नमुना परीक्षणमा १ हजार ९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख ८ हजार २ सय ९९ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३७ हजार २२ छ ।

संक्रमितमध्ये ८१६ महिला र ११३० पुरुष रहेका छन् । प्रदेश १ मा २२७, प्रदेश २ मा ३८, बागमतिमा ९७८, गण्डकी ३९९, लुम्बिनी २०९, कर्णालीमा २ र सुदूरपश्चिममा ९३ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ८३५ जना थपिएका छन् । काठमाडौंमा ६४२, भक्तपुरमा ८८ र ललितपुरमा १०५ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर २५ सय ३ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ७० हजार ६७२ छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १३ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय १५ पुगेको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ५ : ०५ बजे

बागमतीका मुख्यमन्त्री किरण थापा मगरले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू