महाकवि देवकोटाको जन्मजयन्तीमा विभिन्न स्रष्टाहरू सम्मानित « Khabarhub

महाकवि देवकोटाको जन्मजयन्तीमा विभिन्न स्रष्टाहरू सम्मानित


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानव अधिकार तथा शान्ति समाजले आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा काठमाडौँ, दाङ, नवलपुर, कैलाली र पर्सा गरी पाँच जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी स्रष्टाहरूलाई सम्मानित गरेको छ।

समाजले २० हजार रूपैयाँ राशिको स्रष्टा सम्मान/सौगात पुरस्कारबाट विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको हो। स्रष्टा सम्मान कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा दिएको योगदानको चर्चा गरिएको थियो।

काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्ष २०७७ को कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान अशेष मल्ललाई, पवित्रादेवी चौलागाईँ मानव अधिकार स्रष्टा सम्मान आहुतिलाई, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान व्याकुल माइलालाई, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान प्रमोद प्रधानलाई, जोगमाया बराल स्रष्टा सौगात ज्ञानुवाकर पौडेललाई, भूमिप्रसाद बराल स्रष्टा सौगात वसन्ती शाहीलाई प्रदान गरेका छन्।

कार्यक्रममा पुरस्कृत स्रष्टाहरूलाई अन्य ५ वटा समाजसेवी संस्थाहरूका तर्फबाट समेत सम्मान गरिएको छ।

कार्यक्रममा वरिष्ठ नेता पौडेलले महाकवि देवकोटाको योगदानको चर्चा गर्दै देवकोटाको साहित्य जनमनमा बसेको बताएका छन्।

समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अद्वितीय भएको चर्चा गर्दै समृद्ध साहित्यले नै समाजलाई सुसंस्कृत र समुन्नत बनाउने धारणा राखेका छन्।

समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद एवं पूर्वमन्त्री गगन थापा, सांसद एवं पूर्व मन्त्री शेरबहादुर तामाङ, पुरस्कृत स्रष्टाहरू अशेष मल्ल, आहूति, व्याकुल माइला, प्रमोद प्रधान, ज्ञानुवाकर पौडेल र वसन्ती शाही, समाजका सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल र केन्द्रीय सदस्य नम्रता खरेलले विचार प्रस्तुत गरेका थिए।

यसै गरी शान्ति समाजद्वारा नवलपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. गंगाधर अधिकारीले स्रष्टा गोविन्दराज विनोदीलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान प्रदान गरेका छन्।

शान्ति समाज दाङ शाखा उपसभापति तुलसीराम सुनारको सभापतित्वमा तुलसीपुरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार एवं प्राध्यापक गदाधर पौडेलले श्रीप्रसाद दाहाल स्रष्टा सौगात बालिका चौधरीलाई प्रदान गरेका छन्।

धनगढीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य भरतबहादुर खड्काले राधादेवी दाहाल स्रष्टा सौगात श्रेष्ठ प्रिया पत्थरलाई प्रदान गरेका छन्।

वीरगञ्जमा आयोजित कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा स्रष्टा गणेश लाठले श्रीनारायण दाहाल स्रष्टा सौगात रेणु गुप्तालाई प्रदान गरेका छन्।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १० : ४५ बजे

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा