महाकवि देवकोटाको जन्मजयन्तीमा विभिन्न स्रष्टाहरू सम्मानित « Khabarhub

महाकवि देवकोटाको जन्मजयन्तीमा विभिन्न स्रष्टाहरू सम्मानित


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानव अधिकार तथा शान्ति समाजले आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा काठमाडौँ, दाङ, नवलपुर, कैलाली र पर्सा गरी पाँच जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी स्रष्टाहरूलाई सम्मानित गरेको छ।

समाजले २० हजार रूपैयाँ राशिको स्रष्टा सम्मान/सौगात पुरस्कारबाट विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको हो। स्रष्टा सम्मान कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा दिएको योगदानको चर्चा गरिएको थियो।

काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्ष २०७७ को कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान अशेष मल्ललाई, पवित्रादेवी चौलागाईँ मानव अधिकार स्रष्टा सम्मान आहुतिलाई, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान व्याकुल माइलालाई, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान प्रमोद प्रधानलाई, जोगमाया बराल स्रष्टा सौगात ज्ञानुवाकर पौडेललाई, भूमिप्रसाद बराल स्रष्टा सौगात वसन्ती शाहीलाई प्रदान गरेका छन्।

कार्यक्रममा पुरस्कृत स्रष्टाहरूलाई अन्य ५ वटा समाजसेवी संस्थाहरूका तर्फबाट समेत सम्मान गरिएको छ।

कार्यक्रममा वरिष्ठ नेता पौडेलले महाकवि देवकोटाको योगदानको चर्चा गर्दै देवकोटाको साहित्य जनमनमा बसेको बताएका छन्।

समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अद्वितीय भएको चर्चा गर्दै समृद्ध साहित्यले नै समाजलाई सुसंस्कृत र समुन्नत बनाउने धारणा राखेका छन्।

समाजका सभापति उत्तम पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद एवं पूर्वमन्त्री गगन थापा, सांसद एवं पूर्व मन्त्री शेरबहादुर तामाङ, पुरस्कृत स्रष्टाहरू अशेष मल्ल, आहूति, व्याकुल माइला, प्रमोद प्रधान, ज्ञानुवाकर पौडेल र वसन्ती शाही, समाजका सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल र केन्द्रीय सदस्य नम्रता खरेलले विचार प्रस्तुत गरेका थिए।

यसै गरी शान्ति समाजद्वारा नवलपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. गंगाधर अधिकारीले स्रष्टा गोविन्दराज विनोदीलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान प्रदान गरेका छन्।

शान्ति समाज दाङ शाखा उपसभापति तुलसीराम सुनारको सभापतित्वमा तुलसीपुरमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार एवं प्राध्यापक गदाधर पौडेलले श्रीप्रसाद दाहाल स्रष्टा सौगात बालिका चौधरीलाई प्रदान गरेका छन्।

धनगढीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य भरतबहादुर खड्काले राधादेवी दाहाल स्रष्टा सौगात श्रेष्ठ प्रिया पत्थरलाई प्रदान गरेका छन्।

वीरगञ्जमा आयोजित कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा स्रष्टा गणेश लाठले श्रीनारायण दाहाल स्रष्टा सौगात रेणु गुप्तालाई प्रदान गरेका छन्।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १० : ४५ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना