कोरोना संक्रमितलाई सुरक्षित बोक्न आविष्कार केन्द्रले बनायो ‘आइसोलेसन च्याम्बर’ « Khabarhub

कोरोना संक्रमितलाई सुरक्षित बोक्न आविष्कार केन्द्रले बनायो ‘आइसोलेसन च्याम्बर’


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमितलाई एक ठाउँबाट अर्को ठाउँ सुरक्षित रुपमा लैजान मिल्ने ‘आइसोलेसन च्याम्बर’ तयार पारेको छ ।

अन्तर्राष्ट्रिय बजारको मूल्यभन्दा निकै सस्तोमा आइसोलेसन च्याम्बर तयार पारेको आविष्कार केन्द्रले दाबी गरेको छ ।

केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रिय आविष्कार केन्द्रमा बनेको हेलिकप्टरमा कोरोनाको बिरामी बोक्ने Manang Air ले लगेको Isolation Chamber. दुई वटा कम्पनीले मात्र त्यसको स्वीकृति पाएछन । अनुमति पाउने अर्को कम्पनी Kailash Air ले China बाट ल्याएको सो च्याम्बर ३ लाख रुपैंया जति परेछ । हाम्रो ८० हजार मात्र पर्‍यो ।’

राष्ट्रिय आविष्कार केन्द्रमै विभिन्न प्रोजेक्टका लागि खटिएका बायोमेडिकल, इलेक्ट्रोनिकल तथा मेकानिकल इंजिनियरहरुको टिमले उक्त च्याम्बर परियोजना सम्पन्न गरेको उनले जनाए ।

आविष्कार केन्द्रले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभन्न उपकरण तथा सामग्री निर्रमाण गर्दै आएको छ ।

यसअघि केन्द्रले पीपीई, मास्क, भाइजर लगायतका सामग्री तयार पारी विभिन्न संघ संस्था तथा स्वास्थ्यकर्मीलाई उपलब्ध गराएको थियो ।

आविष्कार केन्द्रका अध्यक्ष पुनले ट्वीटरमा यस्तो लेखेका छन्-

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १० : २७ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।