काठमाडाैंमा शुरू भयाे नेपाली कांग्रेसकाे प्रदर्शन | Khabarhub Khabarhub

काठमाडाैंमा शुरू भयाे नेपाली कांग्रेसकाे प्रदर्शन


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – काठमाडाैंमा नेपाली कांग्रेसकाे सरकारविरोधी प्रदर्शन शुरू भएकाे छ । काठमाडौंंमा हुने प्रदर्शनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने तयारी छ ।

आज कांग्रेसले आज देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्दैछ । सभापति शेरबहादुर देउवाले हेटौंडा, महामन्त्री शशांक कोइरालाले विराटनगर, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा, सहमहामन्त्री प्रकाशशरण महत झापा, उपसभापति विमलेन्द्र निधिले भक्तपुरकाे प्रदर्शनलाई सम्बोधन गर्नेछन् ।

सरकारविरोधी प्रदर्शनमा नेता/कार्यकर्ताकाे उत्साहजनक सहभागिता देखिएकाे छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, सहमहामन्त्री प्रकाशशरण महत झापा, युवा नेता गगन थापा कैलालीकाे प्रदर्शनमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

आन्दोलनलाई सफल बनाउन शीर्ष नेताहरू आ–आफ्नो तोकिएको जिल्लामा पुगिसकेका छन् ।

कांग्रेसले कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार, कूशासन, भ्रष्टाचार औषधि अभाव, महिला हिंसा तथा बलात्कार, र अधिनायकवादका विराेधमा सडकमा प्रदर्शन गर्न लागेको हो ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १ : १९ बजे

शुक्लाफाँटामा गाईको बाच्छीमा लम्पी स्किन पुष्टि

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी

चितवनमा मनाइयो संविधान दिवस

चितवन– शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना