यसकारण प्याज खाँदैनन् व्राह्मणहरु « Khabarhub

यसकारण प्याज खाँदैनन् व्राह्मणहरु


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- व्राह्मणहरूले प्याज नखानुका पछाडि वैज्ञानिक र धार्मिक कारणहरु छन् ।

आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँडिएको छ । सात्विक, राजसिक र तामसिक । सात्विक भोजनले शान्ति, संयम, पवित्रता र मनमा शान्ति बनाइराख्छ भने राजसिक खाद्यपदार्थले मोह तथा खुशीको भाव दिन्छ ।

त्यस्तै तामसिक भोजनले क्रोध, अहंकार र विनाशजस्ता भाव पैदा गर्ने गरेको कुरा आयुर्वेदमा उल्लेख छ । प्याज र लसुनलाई राजसिक र तामसिक पदार्थ मानिएको छ । प्याज र लसुनले अज्ञानता र क्रोध बढाउँछन् । मासु, लसुन र प्याजको अधिक सेवनले व्यवहारमा परिवर्तन ल्याउँछ । त्यसले कामोत्तेजना बढाउँछ ।

व्राह्मणले पवित्रता राख्नु जरूरी हुन्छ किनकी उनीहरू देवताको पूजा गर्दछन् र प्राकृतिक रूपमा शुद्ध हुनुपर्छ । सनातन शास्त्रहरूले प्याज र लसुन जस्ता खाद्यपदार्थले प्रकृतिप्रदत्त भावनामध्ये सबभन्दा खराब भावना पैदा गर्दछन् ।

उत्तेजना र अज्ञानतालाई वृद्धि गर्ने यस्ता खानेकुराले आध्यात्मिक मार्गमा हिँड्न दिँदैनन् र व्यक्तिको चेतनामा नकारात्त्मक प्रभाव पार्दछन् । काँचो लसुनमा बोटुलिजम ब्याक्टेरिया हुनाले स्वास्थ्यलाई हानि पुर्‍याउँछ । प्राचीन रोमन कवि होरेसले लसुनलाई विषभन्दा खराब भनेका छन् ।

लसुन प्याजले स्वास्थ्य बढाउँदछन् र यी प्राकृतिक एन्टीबायोटिक हुन् भन्ने मान्यता पनि छ । तर, अध्यात्ममा लागेकाहरूले लसुन र प्याज त्याग्ने सल्लाह दिन्छन् किनभने यिनले केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित पार्दछन् ।

आयुर्वेदले पनि यौनशक्तिमा वृद्धिका लागि लसुन प्याज खान सिफारिस गरेको छ । त्यसैले अध्यात्ममा लागेका व्राह्मणले लसुन प्याज खानु उचित हुँदैन ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ५ : १० बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति