ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी « Khabarhub

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ ।

ओमान क्रिकेट एकेडेमी टर्फ–२ मा भएको पहिलो अभ्यसा खेलमा ओमान ‘ए’ ले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको थियो । तर अभ्यास खेल भएकाले नेपालले लक्ष्य बढाउने निर्णय गरेसँगै २४० रनको नयाँ लक्ष्य बोकेर ब्याटिङ गरेको थियो । 

त्यसपछि २४० रनको लक्ष्य नेपालले ४८ दशमलव २ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो  ।  

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ७२ रनको योगदान दिए । त्यसैगरी आसिफ शेखले ३७, देव खनालले ३४ तथा गुल्शनकुमार झाले ३० रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमान ‘ए’ले  ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १६० रन बनाएको थियो । ओमान ‘ए’का लागि कप्तान हम्माद मिर्जाले सर्वाधिक ५४ रन बनाए । त्यसैगरी जिक्रिया इस्लामले ३५ तथा सन्जु सजीवले ३४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि नन्दन यादवले तीन तथा करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए । त्यस्तै गुल्शनकुमार झा, ललितनारायण राजवंशी र शाहब आलमले एक एक विकेट लिए । 

ओमानमा नेपाल, ओमान र क्यानडा सम्मिलित तीन राष्ट्रले यसै साता आइसिसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खला खेल्दैछन् ।  

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ८ : ०२ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर