बसन्त र समीक्षाको ‘माया देकै हो’ (भिडियो) « Khabarhub

बसन्त र समीक्षाको ‘माया देकै हो’ (भिडियो)


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा सङ्गीतकार वसन्त थापा र समीक्षा अधिकारीको स्वर रहेको लोकगीत ‘माया देकै हो’ बजारमा आएको छ । निलमप्रसाद पन्तको गीतलाई ओवी रायमाझी युट्युब च्यानलबाट बजारमा ल्याइएको हो ।

युट्युव तीन लाख ५० हजार बढीले हेरिसकेका जनाइएको छ । गीतमा भरत बाराकोटीको शब्द सङ्कलन रहेको छ भने गायक थापाकै सङ्गीत रहेको छ ।

गीतको भिडियोमा आवी रायमाझी, सारिका केसी र मेलिना मगरले अभिनय गरेका छन् । सङ्गीत संयोजन कृष्ण विकको रहेको छ भने भिडियो निर्देशन कपिल लामाले गरेका छन् ।

सङ्गीतकार थापा पछिल्लो समय निकै व्यस्त छन् । उनका गीतले युट्युवमा पनि उत्तिकै भ्यूज बटुलिरहेका छन् । उनका धेरै गीत करोड क्लबमा छन् ।

उनले सङ्गीत गरेको गीत ‘सालको पातको टपरी’ले युट्युवमा ६ करोड ५३ लाख बढी भ्यूज पाएको छ । यस्तै ‘लोभी आँखा’ दुई करोड ८५ लाख बढी, ‘चौतारीको बर’ एक करोड ९० लाख बढी र ‘उही खोलीमा पानी’ एक करोड ६८ लाख बढी पटक हेरिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १ : ५८ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २