बसन्त र समीक्षाको 'माया देकै हो' (भिडियो) | Khabarhub Khabarhub

बसन्त र समीक्षाको ‘माया देकै हो’ (भिडियो)


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा सङ्गीतकार वसन्त थापा र समीक्षा अधिकारीको स्वर रहेको लोकगीत ‘माया देकै हो’ बजारमा आएको छ । निलमप्रसाद पन्तको गीतलाई ओवी रायमाझी युट्युब च्यानलबाट बजारमा ल्याइएको हो ।

युट्युव तीन लाख ५० हजार बढीले हेरिसकेका जनाइएको छ । गीतमा भरत बाराकोटीको शब्द सङ्कलन रहेको छ भने गायक थापाकै सङ्गीत रहेको छ ।

गीतको भिडियोमा आवी रायमाझी, सारिका केसी र मेलिना मगरले अभिनय गरेका छन् । सङ्गीत संयोजन कृष्ण विकको रहेको छ भने भिडियो निर्देशन कपिल लामाले गरेका छन् ।

सङ्गीतकार थापा पछिल्लो समय निकै व्यस्त छन् । उनका गीतले युट्युवमा पनि उत्तिकै भ्यूज बटुलिरहेका छन् । उनका धेरै गीत करोड क्लबमा छन् ।

उनले सङ्गीत गरेको गीत ‘सालको पातको टपरी’ले युट्युवमा ६ करोड ५३ लाख बढी भ्यूज पाएको छ । यस्तै ‘लोभी आँखा’ दुई करोड ८५ लाख बढी, ‘चौतारीको बर’ एक करोड ९० लाख बढी र ‘उही खोलीमा पानी’ एक करोड ६८ लाख बढी पटक हेरिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १ : ५८ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन