भारतीय रिजर्व बैंकले अब २४ सै घण्टा आरटीजीएस सुविधा दिने | Khabarhub Khabarhub

भारतीय रिजर्व बैंकले अब २४ सै घण्टा आरटीजीएस सुविधा दिने


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय रिजर्व बैंकले भोलिदेखि २४ सै घण्टा रियल टाइम ग्रोस सेटलमेन्ट (RTGS) को सुविधा प्रदान गर्ने घोषणा गरेको छ । यो सेवा १ डिसेम्बर राति १२:३० बजे देखि सेवाग्राहीका लागि उपलब्ध हुनेछ ।

डिजिटल कारोबार गर्ने व्यक्तिका लागि यसले प्रत्यक्ष फाइदा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

बैंकले आरटीजीएस सुविधा १ डिसेम्बरदेखि दिनको २४ सै घण्टा उपलब्ध हुने घोषणा गरेको हो । यसको अर्थ सेवाग्रहीले अब उपरान्त आरटीजीएसमार्फत कुनै पनि समयमा पैसा हस्तान्तरण गर्न सक्नेछन । यसपश्चात् भारत ती देशहरूको सुचीमा समावेश हुनेछ, जहाँ आरटीजीएस सुविधा २४ सै घण्टा उपलब्ध छ ।

आरबीआईका गभर्नर शक्तिकान्त दासले कोरोना युगमा अनलाइन लेनदेनमा उल्लेखनीय वृद्धि भएकोले आरबीआईले आरटीजीएस सुविधा २४ सै घण्टा उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

आरबीआईले भारतीय वित्तीय बजारको तर्फबाट वैश्विक एकीकरणको प्रयासलाई सहयोग पुर्‍याउन आरटीजीएसको समय विस्तार गर्ने निर्णय गरेको पनि उनले बताए ।

आरटीजिएस डिजिटल कोष स्थानान्तरणको एक विधि हो। यसको मद्दतबाट पैसा एकदमै छोटो समयमा हस्तान्तरण हुन्छ। आरटीजीएस मुख्य रूपमा ठूलो रकम स्थानान्तरणको लागि प्रयोग गरिन्छ । यसमार्फत न्यूनतम २ लाख र अधिकतम १० लाख भारतीय रूपैयाँ पठाउन र प्राप्त गर्न सकिन्छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  १ : ४७ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको