काठमाडौं उपत्यकामा ३३३ संक्रमित थपिए, ४ को मृत्यु  « Khabarhub

काठमाडौं उपत्यकामा ३३३ संक्रमित थपिए, ४ को मृत्यु 


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं १४२ महिला र १९१ पुरुष गरी ३३३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै उपत्यकामा १ लाख १६ हजार ११३ जना व्यक्ति संक्रमित भएका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा २४६ , ललितपुरमा ५३ र भक्तपुरमा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा १ जना गरी ४जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ९३ हजार १९२ जना संक्रमित भएका छन्, जसमध्ये ४४६ जनाको मृत्यु भएको छ। हालसम्म ८८ हजार २५८ जना निको भएका छन्। ललितपुरमा १४ हजार ४३५ जना संक्रमित भएका छन्। जसमा १३४ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ४७२ जना निको भएका छन्।भक्तपुरमा ८ हजार ४८६ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ३१ जना निको भएका छन्।

आज काठमाडौमा ४ हजार ४८८ ललितपुरम ८२९ र भक्तपुरमा ३५० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर ८२१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ४९ हजार २४४ पुगेको छ।

२४ घण्टामा ८४२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ।

आज देशभर १० हजार ९९५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ७१६ पुगेको छ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ४ : २४ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६