काठमाडौं उपत्यकामा ३३३ संक्रमित थपिए, ४ को मृत्यु  « Khabarhub

काठमाडौं उपत्यकामा ३३३ संक्रमित थपिए, ४ को मृत्यु 


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं १४२ महिला र १९१ पुरुष गरी ३३३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै उपत्यकामा १ लाख १६ हजार ११३ जना व्यक्ति संक्रमित भएका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा २४६ , ललितपुरमा ५३ र भक्तपुरमा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा १ जना गरी ४जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ९३ हजार १९२ जना संक्रमित भएका छन्, जसमध्ये ४४६ जनाको मृत्यु भएको छ। हालसम्म ८८ हजार २५८ जना निको भएका छन्। ललितपुरमा १४ हजार ४३५ जना संक्रमित भएका छन्। जसमा १३४ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ४७२ जना निको भएका छन्।भक्तपुरमा ८ हजार ४८६ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ३१ जना निको भएका छन्।

आज काठमाडौमा ४ हजार ४८८ ललितपुरम ८२९ र भक्तपुरमा ३५० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर ८२१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ४९ हजार २४४ पुगेको छ।

२४ घण्टामा ८४२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ।

आज देशभर १० हजार ९९५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ७१६ पुगेको छ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ४ : २४ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ