पुस १० गतेदेखि फिल्म हल खोल्ने चलचित्र संघको निर्णय « Khabarhub

पुस १० गतेदेखि फिल्म हल खोल्ने चलचित्र संघको निर्णय


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि हल खोल्ने घोषणा गरेको छ ।

सरकारले कोरोना भाइरसको महामारी फैलिन सक्ने भन्दै गतवर्षको चैत्र ६ गतेदेखि नेपालमा सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो ।

कोरोनाका बेला गरिएको लकडाउनपछि अन्य क्षेत्र खुला गरिए पनि फिल्म क्षेत्र भने खुला गरिएको छैन । सरकारले अझै पनि फिल्म क्षेत्र खुलाउनेबारे कुनै जानकारी दिएको छैन ।

यसैबीच हलवालाहरुको संगठन नेपाल चलचित्र संघले सोमबार पत्रकार सम्मेलन गरी हल खोल्न लागिएको बताएको हो ।

यसअघि फिल्मकर्मीले पटकपटक अवस्था सामान्य भइसकेको भन्दै हल खुला गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । तर, सरकारले भने कोरोनाको जोखिमै रहेको भन्दै हल खोल्न अनुमति दिएको थियो ।

चलचित्र संघका महासचिव अशोक शर्माले सरकारले हरेक पटक हल खोल्नेबारे आश्वासन दिए पनि पहल नगरेपछि बाध्य भएर एकतर्फी हल खोल्ने निर्णय गरेको बताए ।

यसअघि पनि हल सञ्चालकले सरकारले हल खोल्न अनुमति नदिए हलको चाँबी सरकारलाई बुझाउने चेतावनी दिएका थिए ।

हल व्यवसायीहरुले फिल्म हलमा ५० प्रतिशत दर्शक राख्ने र सुरक्षाका मापदण्ड अपनाएर हल खोल्ने तयारी थालेको बताएका छन् । यसो गर्दा बिस्तारै फिल्म क्षेत्रमा चलायमान हुन निर्माता शर्माले बताए ।

यो निर्णयसँगै नेपाल चलचित्र संघले विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनको सुरक्षा मापदण्डसमेत अपनाई चलचित्र घर सञ्चालन गर्ने जनाएको छ ।

साथै संघले ९ बुँदे मागसमेत राखेको छ । मागमा चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सम्बोधन हुनुपर्ने? चलचित्र घर सञ्चालन नभएको अवधिको विद्युत महसुलको डिमाण्ड चार्ज पूर्ण रुपमा मिनाहा हुनुपर्ने, मौद्रिक निति चलचत्रि क्षेत्रमा अनिवार्य रुपमा कार्यान्वयन हुनुपर्ने लगायत उल्लेख छन् ।

यस्तै मनोरञ्जन कर खारेज हुनुपर्ने, दुई वर्षसम्म नेपाली चलचित्रमा मूल्य अभिवृद्धि कर मिनाहा हुनुपर्ने, चलचित्र विकास शुल्क खारेज हुनुपर्ने, कर तथा शुल्कहरु वि.सं. २०७८ सम्म बुझाएमा सम्पूर्ण जरिवाना मिनाहा हुनुपर्ने र चलचित्र घरका लागि आवश्यक उपकरण तथा सामग्रीहरुमा भन्सार छुट हुनुपर्ने लगायतका माग संघले राखेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ५ : १२ बजे

फ्रान्सविरुद्ध फाइनल खेलाएका पोलिस रेफ्री नै अर्जेन्टिनाको खेलमा दोहोरिँदै

काठमाडौं- साविक विश्वकप विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध खेल्ने समूह चरणको खेल

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र