ईन्टर मिलानको जितमा चम्किए लुकाकु, २१ सेकेन्डमै पहिलो गोल ! « Khabarhub

ईन्टर मिलानको जितमा चम्किए लुकाकु, २१ सेकेन्डमै पहिलो गोल !


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोपा ईटालिया अन्तर्गत गएराति भएको खेलमा ईन्टर मिलानले जित हासिल गरेको छ ।

इन्टरको जितमा रोमेलु लुकाकुले नायक बने । उनले खेल सुरुवात भएको २१ सेकेन्डमै पहिलो गोल गरेका थिए ।

अन्तिम १६ का लागि भएको खेलमा लुकाकुको दुई गोलको सहयोगमा ईन्टरले काग्लीयरीलाई ४–१ गोल अन्तरले हराएको हो ।
खेल सुरु भएको २१ औं सेकेन्डमा गोल गर्दै लुकाकुले ईन्टरलाई शुरुवाती अग्रता दिलाए । बोरजा वलेरोले २२ औ मिनेटमा ईन्टरको अग्रतालाई दोब्बर पारे ।

लुकाकुले ४९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ईन्टरलाई ३–० ले अघि बढाएका थिए ।

काग्लीयरीका क्रिस्टियन ओलिभाले ७२ औ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । एन्ड्रिया रनोचियाले ८० औ मिनेटमा हेडमार्फत गोल गर्दै ईन्टरलाई ४–१ को शानदार जित दिलाए ।

लुकाकुले ईन्टर मिलानका लागि २५ खेलमा १८ गोल गर्न सफल भएका छन् । बेल्जियमका अन्तराष्ट्रिय स्टार लुकाकु ७४ मिलियन पाउण्डमा यसै सिजन म्यान्चेष्टर युनाईटेडबाट ईन्टर पुगेका थिए ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ७ : ३५ बजे

निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री कार्कीले लिइन् ब्रिफिङ

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा

भारतले फेर्दैछ केराला राज्यको नाम

काठमाडौं– भारतले केरला राज्यको नाम परिवर्तन गर्ने भएको छ ।

दलका घोषणापत्रमा जनस्वास्थ्य : विज्ञ भन्छन्, ‘मसला पोको पार्न कागज काम लाग्छ’

काठमाडौं- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न

आजका समाचार : निर्वाचनमा तीन दिन बिदा, सुनसरी रवि-बालेन सँगै, निर्वाचनलाई चीनको ४० लाख डलर अनुदान र फेरि तनावतिर कम्बोडिया-थाइल्याण्ड

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णयसरकारले प्रतिनिधिसभा निर्वाचनका

मौद्रिक नीति अर्धवार्षिक समीक्षा : क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२-८३ को मौद्रिक