एक स्थानीय तह एक खेल मैदान : मन्त्री विश्वकर्मा « Khabarhub

एक स्थानीय तह एक खेल मैदान : मन्त्री विश्वकर्मा


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन खेलमैदानको निरीक्षण गरेका छन् ।

मन्त्रालयको रु दश लाखको सहयोगमा निर्माण भइरहेको खेलमैदानको मङ्गलबार निरीक्षण गर्दै मन्त्री विश्वकर्माले थप बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेकाले निर्माणाधीन खेलमैदानलाई पर्याप्त बजेट विनियोजन गर्ने मन्त्री विश्वकर्माले बताए ।

सरकारले एक स्थानीय तह एक खेलमैदान र एक जिल्ला एक रङ्गशालाको नीति लिएको भन्दै मन्त्री विश्वकर्माले खेललाई नागरिकको स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने बताए ।

गत महिना सम्पन्न दक्षिण एशियाली खेलकूदमा नेपाली खेलाडीको प्रदर्शन उच्च रहेको भन्दै उनले अब गाउँगाउँबाट पनि सक्षम खेलाडी उत्पादन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको औँल्याए ।

तनहुँ सदरमुकाम दमौलीमा खेलमैदानको लागि पर्याप्त जग्गा नभएको हुँदा दमौलीको नजिकै रहेको उक्त मैदानलाई जिल्लास्तरीय रङ्गशाला बनाउने निर्णय हुन सके त्यसको पूर्वाधार निर्माणमा मन्त्रालयको तर्फबाट तत्कालै रु ५० लाख विनियोजन गर्ने मन्त्री विश्वकर्माले आश्वासन दिए ।

खेलमैदान निर्माण समितिका अध्यक्ष मधु थापाले गत वर्ष विनियोजित रु दश लाखले मैदान सम्याउने लगायतका काम गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ७ : ४२ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण