माघीमा खिचडी खानुका यस्ता छन् फाइदा  | Khabarhub Khabarhub

माघीमा खिचडी खानुका यस्ता छन् फाइदा 


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज थारु समुदायले माघी पर्व धुमधामका साथ मनाउँदैछन् । थारु समुदायले माघीका अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ ।

विशेषगरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ ।

विवाह, यात्रा, बसाइँसराईका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ । सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाइन्छ ।

कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ ।

तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ । यस्ता छन् खिचडी खानुका फाइदा

पोषक तत्वले भरपूर पाइने

खिचडीमा कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फाइबर, म्याकग्निसियम, पोटासियम तथा फस्फोरस पाइन्छ। यदि चाहनुभयो भने आवश्यकताअनुसार अन्य तरकारीहरु पनि मिसाएर यसलाई थप पोषिलो बनाउन सक्नुहुन्छ।

पचाउन सजिलो

खिचडीमा तेज मसलाको प्रयोग हुँदैन, जसका कारण यो पचाउन निकै सहज हुन्छ। त्यसैले हो बिमारी हुँदा खिचडी खान चिकित्सकहरुले सुझाव दिने गरेको। यदि तपाईंको पाचनतन्त्र कमजोर छ भने खिचडी खानु निकै फाइदाजनक हुन्छ।

प्रतिरक्षा प्रणाली मजबुत बनाउन

खिचडीको सेवनले मानिसलाई बिरामी हुनबाट बचाउँछ। शरीरलाई उर्जा प्रदान गर्छ। साथै यसले रोगप्रतिरोधी क्षमता पनि मजबुत बनाउन सहयोग गर्छ। पित्त तथा कफको समस्यामा पनि खिचडी लाभदायक मानिन्छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ९ : २२ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय