हनिमुन चन्द्रमामा मनाउने प्रेमिका खोज्दै ४४ वर्षे युसाकू ! « Khabarhub

हनिमुन चन्द्रमामा मनाउने प्रेमिका खोज्दै ४४ वर्षे युसाकू !


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीवन साथीसँग घुलमिलका लागि हनिमुनमा जाने प्रचलन पहिलेदेखि हो । नयाँ ठाउँ घुमाउन लैजाने, नयाँ नयाँ उपहार दिने कुरा सामान्य हो ।

अब तपाई भन्नु होस एक व्यक्तिले हनिमुनका लागि आफ्नी श्रीमतीलाई कहाँ लैजाला । तपाईंको उत्तर हुनसक्छ आकर्षक पर्यटकीय गन्तव्य मुलुक छान्नुहोला ।

तपाईंको मानसपटलमा चन्द्रमाको यात्रा आउला ? निक्कै गाह्रो छ । तर, यो गाह्रो कामलाई कार्यान्वयन गर्दैछन् जापानका एक व्यापारीले ।

जापानका एक अरबपती युसाकू मीजावा सन् २०२३ मा चन्द्रमाको यात्रामा जाँदैछन् । करिब २ सय २५ अर्ब सम्पतीका मालिक ४४ वर्षीय युसाकू विश्वका प्रथम आम यात्री बन्दैछन् जो चन्द्रमामा जानेछन् । यो एक रोचक विषय बनेको छ ।

तर उनी चन्द्रमामा जाने भन्दा अर्को रोचक पक्ष के छ भने युसाकु चन्द्रमामा जाँदा आफुसितै आफ्नो जीवनसाथिलाई पनि लैजाने छन् । यसमा अझ रोचकचाहि उनी अविवाहित छन् ।

जसका लागी युसाकुले आफ्नो जीवनसाथि बन्न र आफुसित चन्द्रमामा जान अनुरोध गर्दै आवेदन खोलेका छन् । उनले आफु जीवनसाथीको खोजीमा रहेको र उनैसँग चन्द्रमामा जान रहर रहेको बताएका छन् । यसका लागी युसाकुले सामाजिक सञ्जालमा एक विज्ञापन गर्दै युवतीहरुबाट आवेदन मागेका छन् ।

युसाकुले दिएको विज्ञापनमा केहि शर्तहरु छन् । शर्तअनुसार आवेदक अविवाहित हुनुपर्ने, उमेर २० बर्षभन्दा बढि हुनुपर्ने, सकारात्मक सोच हुनुपर्ने बताइएको छ । जसमा सबैभन्दा अनिवार्य शर्त अनुसार आवेदकको चाहना अन्तरिक्ष जाने हुनुपर्ने बताइएको छ ।

उनीसँग चन्द्रमामा जान चाहेने युवतीले अबको दुई दिन भित्र अर्थात १७ जनवरीसम्ममा युसाकुलाई जीवनसाथि बनाउन आवेदन दिन सक्छन् । जसबाट युसाकुले करिब तीन महिना अर्थात मार्चको अन्तिममा एक आवेदक युवती छान्नेछन् र विवाह गर्नेछन् ।

युसाकु अविवाहित छन् तर उनी प्रेममा धोका पाइसकेका प्रेमी हुन् । उनको २७ बर्षीया आयमे गोरिकी नामक युवतीसँग ब्रेकअप भएको थियो । त्यसयता युसाकुले आफुलाई एक्लोपन महशुस भएको र अंतरिक्षमा जाँदा पनि जीवनसाथिको प्रेम पाउने चाह भएकाले जीवनसाथी खोजेको र उनैसित चन्द्रमा जान चाहेको बताएका छन । हालैमा उनले आफ्नो ट्वीटर फलो गर्ने र रिट्विट गर्नेलाई १ अर्ब बाड्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १० : १६ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा