हिम्मतका साथ लक्ष्य प्राप्तिका लागि दृढ हुनुहोस सफलता तपाईंको हातमा « Khabarhub

हिम्मतका साथ लक्ष्य प्राप्तिका लागि दृढ हुनुहोस सफलता तपाईंको हातमा


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन एकपटक एउटा कलेजका विद्यार्थीसितको अन्तरसंवादमा थिए ।

उनी विद्यार्थीका प्रश्नको जवाफ दिँदै थिए । त्यत्तिकैमा एक विद्यार्थीले सोधे- ‘हजुलाई सबैले महान् वैज्ञानिक भन्छन् । पक्कै पनि हजुर सजिलै महान् वैज्ञानिक बन्न सफल हुनुभएको होइन होला । त्यसो हो भने हजुरको सफलताको रहस्य के हो ? के हामीलाई बताउन मिल्छ ?’

विद्यार्थीको प्रश्न सुनेर आइन्स्टाइन केही बेर मौन रहे, केही गमे र हल्का मुस्कुराउँदै जवाफ दिए- ‘म तपाईंहरूका प्रश्नको जवाफ दिनै यहाँ उपस्थित भएको हुँ । त्यसैले म सकेसम्म तपाईंहरूका प्रश्नको यथोचित जवाफ दिने प्रयत्न गर्छु । म सफल छु कि छैन, त्यो तपाईंहरूले मूल्यांकन गर्ने विषय हो । तपाईंहरू मलाई सफल देख्नुहुन्छ भने मेरो यो सफलताको रहस्य हो-अविचलित हिम्मत । जीवनमा हिम्मत नहारी आफ्नो लक्ष्यमा लागिपरेको हुनाले नै आज म यहाँ छु ।

जतिखेर म सानो थिएँ, त्यतिवेला मेरा स्कुले साथीले मलाई बुद्धु भनेर गिज्याउँथे । शिक्षकले गरेको प्रश्नको जवाफ दिन नसक्दा मलाई उनीहरू गोबरगणेश भन्थे । शिक्षकका प्रश्नको जवाफ दिन नसक्दा म बारम्बार बेन्चमाथि उभिन बाध्य हुन्थेँ । सबैले मेरो उपहास गर्थे ।

गणितका शिक्षकले मलाई पटक–पटक भनेका थिए- ‘तिमीले यो जुनीमा गणित सिक्न सक्दैनौ । त्यतिखेर म मनमनै खुब रुन्थेँ । आफूलाई बुद्धु बनाएकोमा भगवानसँग खुब रिसाउँथेँ । म चारैतिर निराशासिवाय केही देख्दिनथेँ । तर, ममा एक प्रकारको अनौठो भोक थियो । त्यो भोक शान्त पार्न म कहिल्यै हिम्मत नहारिकन निरन्तर कर्ममा जुटिरहेँ । परिणाम तपाईंहरूसामु छ ।’

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १२ : २० बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका