पाल्पाबाट ३५० क्वीन्टल तरुल निर्यात « Khabarhub

पाल्पाबाट ३५० क्वीन्टल तरुल निर्यात


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– माघे सङ्क्रान्ति अर्थात मकर सङ्क्रान्तिलाई तरुल खाने सङ्क्रान्तिका रुपमा पनि लिने गरिन्छ । शरीरको चिसो फालेर उर्जा दिनका लागि तरुल खाने गरिन्छ । यस वर्ष पाल्पा जिल्लाबाट मात्रै ३५० क्वीन्टल तरुल निर्यात भएको छ ।

जिल्लाको निस्दी गाउँपालिकामा दुई सय क्वीन्टल, पूर्वखोला गाउँपालिकामा एक सय क्वीन्टल र अन्य स्थानमा उत्पादित गरी करिव ३५० क्वीन्टल तरुल निर्यात भएको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ ।

माघे सङ्क्रान्ति पर्वलाई लक्षित गरी ठूलो परिमाणमा तरुल बाहिरी बजारमा निर्यात गर्न कृषक सफल भएका छन् । रैथाने बालीअन्र्तगत पर्ने तरुल खेतीलाई कृषकले व्यवसायिकरुपमा अझ अङ्गालेको भने पाइदैन ।

पाखो पखेरा बारीमा तरुल लगाएर कृषकले राम्रो आम्दानी गर्ने सम्भावना रहेकाले यहाँको भौगोलिक भूबनोट मिलेकाले उत्पादन अझ वृद्धि हुने कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार रैथाने बालीअन्र्तगत पर्ने तरुल, कोदो, सखरखण्ड, फापर र बोडालगायतका रैथाने बाली प्रवद्र्धन कार्यक्रम जिल्लामा रहेकाले निस्दी गाउँपालिकाबाट यसवर्ष करिव दुई सय क्वीन्टल तरुल काठमाडौँ र बुटवललगायतका बजारमा निर्यात भएको कृषि शाखाका प्राविधिक सहायक खिमराज कोइरालाले बताए ।

“यसवर्ष तरुलको उत्पादन राम्रो भएको छ, कृषकले बाहिरी बजारमा निर्यात गरिरहेका छन्, तरुल विक्रीवितरणबाट राम्रो आम्दानी गर्न थालेका छन्” उनले भने ।

निस्दीको मित्याल, झिरुवास, अर्चलेको रनगुवा र गल्धालगायतका स्थानमा तरुलको उत्पादन राम्रो भएको छ । एउटा कृषकले चार सय किलोभन्दा बढीको तरुल उत्पादन गरी विक्री गर्न सफल भएका छन् । मित्यालका अगुवा कृषक सन्तवीर सुनारीले माघे सङ्क्रान्ति पर्वलाई लक्षित गरी ३० हजारभन्दा बढीको तरुल बिक्री गरेका छन् ।

माघे सङ्क्रान्ति बाहेक अन्य समयमा पनि तरुल बजारमा विक्रीवितरण भइरहन्छ । माघे सङ्क्रान्तिमा घिउ, चाकु, तिलको लड्डु र विषेश परिकारमा तरुल खाएर मनाइन्छ । माघे सङ्क्रान्तिका दिन बिहानै स्नान गरी घिउ, चाकु, तिलको लड्डु, हरियो सागपात र तरुल खाने, ब्राम्हणलाई वस्त्र दान गर्ने तथा शरीरमा तोरीको तेल लगाउँदा पोषिलो हुनुका साथै निरोगी हुने जनविश्वास छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १ : ४७ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा