‘लक्का जवान’ भन्दै प्रियंकादेखि दिलिपसम्म नाचे (भिडियो) « Khabarhub

‘लक्का जवान’ भन्दै प्रियंकादेखि दिलिपसम्म नाचे (भिडियो)


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘लक्का जवान’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । राजधानीमा बुधवार एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरियो ।

‘मन त मेरो लक्का जवान’ बोलको लोकशैलीको गीतमा बाबुल गिरी र मीना निरौलाको स्वर सुन्न सकिन्छ भने संगीत बाबुलकै रहेको छ । यस्तै गीतमा शब्द डिपी खनालको रहेको छ ।

गीतमा तन बूढो नभए पनि मन बूढो भएको भाव झल्किन्छ ।

भिडियोमा दिलिप रायमाझी, प्रियंका कार्की, किरण केसी, शिवहरि पौडेल, सलाने बस्नेत, राजाराम पौडेल लगायतका कलाकारले नाचेको देख्न सकिन्छ । यो रोमान्टिक भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

यो भिडियोलाई ५ दिन लगाएर शूटिङ गरिएको निर्माता तथा कलाकार किरण केसीले जानकारी दिए । भिडियोका लागि ६५ जना कोरस नचाइएको छ ।

किरण केसीका अनुसार फिल्मका ८० प्रतिशत कलाकारले अभिनय गरेका छन् ।

यो फिल्ममा शिवहरि पौडेलको कथा, स्किृप्ट, संवाद र निर्देशन रहेको छ । हास्य विधाको यो फिल्ममा अन्सुय श्रेष्ठ वन्तको लगानी रहेको छ ।

साथै फिल्ममा दिलिप रायमाझी, शिवराम पौडेल र किरण केसी सह–निर्मातामा छन् । यस्तै फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

यो फिल्म चैत्र २१ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ५ : ४१ बजे

सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे

काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ)

थाइल्याण्डका ३०० भिक्षु लुम्बिनी–रामग्राम शान्ति पदयात्रामा

भैरहवा– लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले