पूर्व सांसदसहित राजपाका ३ जना नेताविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

पूर्व सांसदसहित राजपाका ३ जना नेताविरुद्ध भ्रष्टाचार मुद्दा


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सांसद बीपी भनिने विश्वनाथ प्रसाद यादव तथा राष्ट्रिय जनता पार्टी (राजपा)का ३ जना गरी ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन मधेसी जनाधिकार फोरम (गणतान्त्रिक)बाट संविधानसभा (२०६४ को) सदस्य रहेका विश्वनाथ प्रसाद यादव, राजपा नेताहरु हरिनारायण मण्डल, विरेन्द्रकुमार मण्डल, कृष्णकुमार मण्डल, पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत तथा नायब सुब्बा भागवत यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गरेको छानबिनका क्रममा उनीहरुले सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको वडा नम्बर २ र ३ मा पर्ने ग्राभेल सडक गर्न किर्ते व्यक्ति खडा गर उपभोक्ता समिति बनाएर भ्रष्टाचार गरेको देखिएको छ ।

पूर्व सांसद विश्वनाथ प्रसाद यादवसहित राजपा नेताहरु हरिनारायण मण्डल, विरेन्द्रकुमार मण्डल र कृष्णकुमार मण्डलले सप्तरीको राजगढ गाउँपालिकास्थित मुतनी नदी सिँचाई आयोजनाको कार्य गर्न गठित उपभोक्ता समितिका पदाधिकारीको नागरिकताको फोटोकपीमा किर्ते विवरण थपेर प्रदेश नम्बर २ को भौतिक पूर्वधार मन्त्रालयबाट बजेट लिएर हिनामिना गरेको समेत अख्तियारले जनाएको छ ।

अख्तियारले पूर्व सांसद विश्वनाथ प्रसाद यादव, राजपा नेताहरु हरिनारायण मण्डल, विरेन्द्रकुमार मण्डल, कृष्णकुमार मण्डलविरुद्ध जनही २५ लाख रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र १ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

यस्तै, पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत तथा नायब सुब्बा भागवत यादवविरुद्ध पनि जनही २५ लाख रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र अधिकत्तम ४ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ५ : २७ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता