युद्धमा मारिएका मध्ये ५ हजारको जिम्मा लिन्छु : प्रचण्ड « Khabarhub

युद्धमा मारिएका मध्ये ५ हजारको जिम्मा लिन्छु : प्रचण्ड


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा मारिएका १७ हजार मध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका छन् ।

बुधवार राजधानीमा आयोजित मागी महोत्सवमा प्रचण्डले आफूमाथि १७ हजार मान्छे मारेर आएको आरोप लाग्ने गरेको भन्दै त्यसको खण्डन गरे ।

‘मलाई भन्ने गरिन्छ, १७ हजार मारेर आएको भन्ने गरिन्छ साथीहरु यो सत्य होइन’ प्रचण्डले भने,‘ हिजोका सामन्त राजाहरुले १२ हजार मारेका हुन् । मलाई ५ हजारको म जिम्मा दिनुहुन्छ भने म लिन्छु । तर हिजोको राज्यले मारेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन ।’

हिजोको युद्धमा भएका राम्रा नराम्रा कामको जिम्मेवारी आफूले लिने प्रचण्डको भनाइ थियो ।

‘मैले सधैं भन्ने गरेको छु, हिजोको युद्धमा भएका राम्रा नराम्रा कामका जिम्मेवारी म लिन्छु । म त्यसबाट भाग्ने कुरा हुनै सक्दैन । तर नगरेको कामाको दोष पनि मलाई थुपार्नु भएन’ प्रचण्डले भने ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ५ : ४० बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता