पर्थ स्कोचर्सविरुद्धको खेलमा सन्दीपको शानदार बलिङ « Khabarhub

पर्थ स्कोचर्सविरुद्धको खेलमा सन्दीपको शानदार बलिङ


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन् ।

बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आएका उनले आज पर्थ स्कोचर्सविरुद्धको खेलमा ‘मेडन ओभर’ बलिङ गर्दै दुई विकेट लिन सफल भएका हुन् ।

तीन ओभर मात्र बलिङ  गरेका सन्दीपले आफ्नो पहिलो ओभरमा बिना विकेट तीन रन खर्चिए । त्यस्तै दोस्रो ओभरमा पनि बिना कुनै विकेट चार रन दिए । सन्दीपले आफ्नो तेस्रो ओभरको तेस्रो र चौथो बलमा लगातार दुई विकेट लिएका थिए ।

उनले तेस्रो बलमा क्रिस जोर्डन तथा चौथो बलमा झाई रिचर्डसनलाई आउट गरेका थिए। सो ओभरमा उनले कुनै रन खर्चिएका थिएनन् । सन्दीपले विपक्षी खेलाडीलाई छक्का र चौकासमेत प्रहार गरे ।

बिग ब्यासमा सन्दीपले हालसम्म नौ खेल खेल्दै ११ विकेट लिन सफल भएका छन् । सन्दीपको टोली मेलबर्न स्टार्सले टस हारेपछि शुरुआतमा बलिङ गर्न पुगेको हो ।

विपक्षी टोली पर्थले १३ दशमलव पाँच ओभरमा सबै खेलाडी गुमाउँदै ८६ रन मात्र बनायो । सो खेलमा मेलबर्न आठ विकेटले विजयी भयो ।

बिग ब्यासमा सन्दीपको टोली मेलबर्न अङ्क तालिकाको शीर्ष स्थानमा छ । मेलबर्नले हालसम्म १० खेलमध्ये नौमा जित तथा एकमा हार बेहोर्दै १८ अङ्क बटुलेको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ७ : ०६ बजे

मोरङमा हवाई फायर गरेर प्रहरीले समात्यो ब्राउनसुगर कारोबारी

काठमाडौं- प्रहरीले हवाई फायर गरेर मोरङमा एकजना लागुऔषध कारोबारी पक्राउ

कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस 

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णालीका दुई सडक राष्ट्रिय

अर्चनाको गुनासो : कपिलको शोले अभिनय करिअर रोक्यो

काठमाडौं – बलिउड नायिकाको सफल करिअरपछि कमेडी शो ‘द कपिल

शान्तिश्री र मोतिराजको स्वरमा ‘बिर्सु कसरी’

काठमाडौं – गायिका शान्तिश्री परियार र गायक मोतिराज खनालको स्वरमा

युद्धविराममाथि संकट, अमेरिका–इरान तनाव चुलिँदै

एजेन्सी– मेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै