सेनाका रथी ताण्डुलको सम्पत्ति विवरणः ३५ तोला सुन र बैंकमा ७७ लाख रुपैयाँ « Khabarhub

सेनाका रथी ताण्डुलको सम्पत्ति विवरणः ३५ तोला सुन र बैंकमा ७७ लाख रुपैयाँ


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाका रथी गौरव ताण्डुलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनी नेपाली सेनाको दोश्रो वरियतामा रहेका रथी ताण्डुल हुन्।

ताण्डुलले सार्वजनिक गरेको विवरण अनुसार श्रीमती मुनादेवी उप्रेती ताण्डुलको नाममा २० आना १ पैसा जग्गामा धापासीमा साढे २ तले घर छ।

भरतपुरमा १० धुर जग्गा र १ तले घर छ भने झापामा उनकी श्रीमती मुनादेवीको नाममा ५ विघा जग्गा छ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार काठमाडौं महानगरपालिका वडा नं ३९ मा ६३.५८ बर्ग मिटर जग्गा र पोखरमा ९ आना ३ पैसा जग्गा छ।

बलाध्यक्ष रथी ताण्डुलसँग ३५ तोला सुन, ९ केजी चाँदी र केही मात्रामा हिरा-मोति रुवि र निलम रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ।

विभिन्न वाणिज्य बैंकमा उनको नाममा ७७ लाख ३५ हजार रुपैयाँ छ। सैनिक कल्याणकारी कोषबाट ३ लाख ५० हजार रुपैयाँ ऋण लिएका ताण्डुलले १ लाख ६८ हजार रुपैयाँ तिरेको उल्लेख गरेका छन्। आफूसँग होण्डा साइनको मोटरसाइकल रहेको उनले उल्लेख गरेका छन्।

उनले पुर्ख्यौली सम्पत्ति, श्रीमतीले ल्याएको दाइजो र केही आफ्नो कमाइबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

सार्वजनिक गरेको सम्पत्ति विवरण

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ७ : १७ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता