घीउ, चाकु र तरुलसँग थापाका कविता गुञ्जिए « Khabarhub

घीउ, चाकु र तरुलसँग थापाका कविता गुञ्जिए


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

“मेरो एक मुठ्ठीको मुटुलाई
मुठ्ठीमा बोकेर
कहिले तारेभिरको उकालो चढिरहेँ
कहिले ओरालो झरिरहेँ ।
………..
मेरो मुटु
मेरो देशको माटोले बनेको छ ।…..”

प्रस्तुत कवितांश करीब दुई दशक अनवरत साहित्यिक गतिविधिमा सक्रिय कवि लक्ष्मण थापाले माघे सङ्क्रान्तिको दिन पोखरामा आयोजित एक कार्यक्रममा प्रस्तुत गरेका हुन् ।

पोखेरेली साहित्यकारको पुछारसिटे अभियानद्वारा सञ्चालित एकल वाचनको पाँचौँ शृङ्खलाअन्तर्गत ‘घीउचाकु र तरुलसँग कविता’ नाम दिइएको कार्यक्रममा थापाले देशभक्तिले ओतप्रोत कविता मात्रै गाउनुभएन प्रेमालापदेखि देशका विकृति विसङ्गति समेतलाई रचनामा व्यङ्ग गर्दै उतारे ।

आफ्नो मुटुलाई माटोसँग जोडेर लेखिएको ‘मुटु’ शीर्षकको कविताका पङ्क्ति सुनाउँदै वाचन थाल्नुभएका थापा शुरुमा रचनावाचन गर्दै पुछारसिटबाट अघि बढ्दा दर्शक तथा स्रोता अचम्म परेका थिए । पुछारसिटबाट मञ्चतर्फ जाँदै गरेका थापालाई मञ्च नजिकै पुग्दा साहित्यकार सरूभक्तले छेकेर सयपत्रीको माला लगाइदिएका थिए ।

चिटिक्क ढाकाटोपीमा सजिएका थापा मञ्चमा बस्नासाथ साहित्यकार दीपक समीपले उनको परिचय गराए । वाचनको समयमा घरी प्रेमिल त घरी केही आक्रामक जस्तै देखिएका उनले कविता वाचनकै क्रममा भने

“ओ, मेरो युगकी अन्तिम राधिका !
म तिम्रो ओठको चास्नीमा डुबाउन चाहन्छु
प्रेमको सबैभन्दा पुरानो धून ।…..”

समाजमा बढ्दै गएका विकृति विसङ्गतिसँगै वर्तमान नेतृत्वले इतिहासबाट हाम्रो गौरवगाथालाई स्वात्तै मेटाइदिएको उनले भने ।

“हाम्रा छातीहरू कहिल्यै फराकिला हुन सकेनन्
हाम्रा तिघ्राहरू कहिल्यै दह्रा हुन सकेनन्
त्यसैले बाँसका टुप्पा झैँ निहुरिरहन्छन् हाम्रा स्वाभिमानहरू ।……”

माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा दुई दशकभन्दा लामो समय बिताएका थापाले आफ्ना क्याम्पसका अनुभव तथा भोगाईलाई पुनःस्मृति गर्दै

“रात रातभर नसुती नसुती बनाएका
शुभकामनाका रङ्गीन कार्डहरू
तिमीले कतै पट्याएर
पुरानो पुस्तकमा राखेकी छ्यौ कि ….” भने ।

एकल वाचनमा जम्मा १४ वटा कवितावाचन गरेका थापाका कवितामा थुप्रै बिम्ब र प्रतीकको प्रयोग गरिएको पाइन्थ्यो । बिम्ब र प्रतीकको प्रयोग भएका

“राग मेघमल्हारको शुरवर्षासँगै
बादल नाच्दछ पहाडका थुम्काथुम्कामा
चुम्दै बुकीफूलका बोटहरू
र चिप्लेटी खेल्छ
चम्किलो कपोलको बुई चढेर ।…”

जस्ता कविता उनले वाचन गरेका थिए ।

साहित्य सिर्जना मात्र नभै साहित्यिक पत्रकारितामा पनि उत्तिकै सक्रिय थापाले ‘सिउँडी’ नामक साहित्यिक पत्रिकाको सम्पादकका रूपमा जिम्मेवारी सम्हालि सकेका छन् ।  गजल, मुक्तक, कविता, कथालगायतका साहित्य सिर्जनामा निरन्तर लाग्नुभएका उहाँका ‘मनको मूच्र्छना’ र ‘पलापला’ दुई गजल सङ्ग्रह र ‘पर्खालबाहिर’ नामक मुक्तक सङ्ग्रह प्रकाशित भइसकेको छ भने कविता सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा छ ।

थापाका कविताका सम्बन्धमा छोटो टिप्पणी गर्दै साहित्यकार सरूभक्तले उनको साहित्य साधनाको प्रशंसा गरेका थिए ।

 

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १० : ३० बजे

प्रिमियर लिगमा सिटीलाई भाग्यको साथ, सुरूमै भिल्लालाई झट्का, न्यूक्यासलमा विस्साको रवाफ

म्यानचेस्टर- इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु भएसँगै केही ठूला

फ्रान्सले दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति

एजेन्सी– इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त