घीउ, चाकु र तरुलसँग थापाका कविता गुञ्जिए « Khabarhub

घीउ, चाकु र तरुलसँग थापाका कविता गुञ्जिए


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

“मेरो एक मुठ्ठीको मुटुलाई
मुठ्ठीमा बोकेर
कहिले तारेभिरको उकालो चढिरहेँ
कहिले ओरालो झरिरहेँ ।
………..
मेरो मुटु
मेरो देशको माटोले बनेको छ ।…..”

प्रस्तुत कवितांश करीब दुई दशक अनवरत साहित्यिक गतिविधिमा सक्रिय कवि लक्ष्मण थापाले माघे सङ्क्रान्तिको दिन पोखरामा आयोजित एक कार्यक्रममा प्रस्तुत गरेका हुन् ।

पोखेरेली साहित्यकारको पुछारसिटे अभियानद्वारा सञ्चालित एकल वाचनको पाँचौँ शृङ्खलाअन्तर्गत ‘घीउचाकु र तरुलसँग कविता’ नाम दिइएको कार्यक्रममा थापाले देशभक्तिले ओतप्रोत कविता मात्रै गाउनुभएन प्रेमालापदेखि देशका विकृति विसङ्गति समेतलाई रचनामा व्यङ्ग गर्दै उतारे ।

आफ्नो मुटुलाई माटोसँग जोडेर लेखिएको ‘मुटु’ शीर्षकको कविताका पङ्क्ति सुनाउँदै वाचन थाल्नुभएका थापा शुरुमा रचनावाचन गर्दै पुछारसिटबाट अघि बढ्दा दर्शक तथा स्रोता अचम्म परेका थिए । पुछारसिटबाट मञ्चतर्फ जाँदै गरेका थापालाई मञ्च नजिकै पुग्दा साहित्यकार सरूभक्तले छेकेर सयपत्रीको माला लगाइदिएका थिए ।

चिटिक्क ढाकाटोपीमा सजिएका थापा मञ्चमा बस्नासाथ साहित्यकार दीपक समीपले उनको परिचय गराए । वाचनको समयमा घरी प्रेमिल त घरी केही आक्रामक जस्तै देखिएका उनले कविता वाचनकै क्रममा भने

“ओ, मेरो युगकी अन्तिम राधिका !
म तिम्रो ओठको चास्नीमा डुबाउन चाहन्छु
प्रेमको सबैभन्दा पुरानो धून ।…..”

समाजमा बढ्दै गएका विकृति विसङ्गतिसँगै वर्तमान नेतृत्वले इतिहासबाट हाम्रो गौरवगाथालाई स्वात्तै मेटाइदिएको उनले भने ।

“हाम्रा छातीहरू कहिल्यै फराकिला हुन सकेनन्
हाम्रा तिघ्राहरू कहिल्यै दह्रा हुन सकेनन्
त्यसैले बाँसका टुप्पा झैँ निहुरिरहन्छन् हाम्रा स्वाभिमानहरू ।……”

माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा दुई दशकभन्दा लामो समय बिताएका थापाले आफ्ना क्याम्पसका अनुभव तथा भोगाईलाई पुनःस्मृति गर्दै

“रात रातभर नसुती नसुती बनाएका
शुभकामनाका रङ्गीन कार्डहरू
तिमीले कतै पट्याएर
पुरानो पुस्तकमा राखेकी छ्यौ कि ….” भने ।

एकल वाचनमा जम्मा १४ वटा कवितावाचन गरेका थापाका कवितामा थुप्रै बिम्ब र प्रतीकको प्रयोग गरिएको पाइन्थ्यो । बिम्ब र प्रतीकको प्रयोग भएका

“राग मेघमल्हारको शुरवर्षासँगै
बादल नाच्दछ पहाडका थुम्काथुम्कामा
चुम्दै बुकीफूलका बोटहरू
र चिप्लेटी खेल्छ
चम्किलो कपोलको बुई चढेर ।…”

जस्ता कविता उनले वाचन गरेका थिए ।

साहित्य सिर्जना मात्र नभै साहित्यिक पत्रकारितामा पनि उत्तिकै सक्रिय थापाले ‘सिउँडी’ नामक साहित्यिक पत्रिकाको सम्पादकका रूपमा जिम्मेवारी सम्हालि सकेका छन् ।  गजल, मुक्तक, कविता, कथालगायतका साहित्य सिर्जनामा निरन्तर लाग्नुभएका उहाँका ‘मनको मूच्र्छना’ र ‘पलापला’ दुई गजल सङ्ग्रह र ‘पर्खालबाहिर’ नामक मुक्तक सङ्ग्रह प्रकाशित भइसकेको छ भने कविता सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा छ ।

थापाका कविताका सम्बन्धमा छोटो टिप्पणी गर्दै साहित्यकार सरूभक्तले उनको साहित्य साधनाको प्रशंसा गरेका थिए ।

 

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १० : ३० बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६