बंगलादेशको भ्रमण सकेर प्रधानसेनापति थापा स्वदेश फिर्ता  « Khabarhub

बंगलादेशको भ्रमण सकेर प्रधानसेनापति थापा स्वदेश फिर्ता 


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशको भ्रमण सकेर प्रधानसेनापति पूर्णचन्द्र थापा स्वदेश फर्किएका छन् ।

बङ्गलादेशका प्रधानसेनापति अजिज अहमदको निमन्त्रणामा गत पुष २७ मा बंगलादेशको राजधानी ढाका पुगेका प्रधानसेनापति थापा बुधबार स्वदेश फर्किएका हुन् ।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

उक्त अवसरमा नेपालस्थित बंगलादेशका राजदूत, नेपाली सेनाका रथीवृन्द र नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति रहेको थियो । प्रधानसेनापतिलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

सेनापति थापासंगै उपरथी ताराध्वज पाण्डे र सहायकरथी प्रेम शाही समेत भ्रमण दलमा सहभागी थिए । प्रधानसेनापति थापा नेपाली सेनाको एम २८ स्काई ट्रकबाट पहिलो पटक ढाँका पुगेका थिए ।

चार दिने बङ्गलादेश भ्रमणको क्रममा उनले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग भेटवार्ता गरे । त्यहाँ उनले नेपाली राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा समेत सहभागी भएका थिए ।

यसैगरी उनले बंगलादेशको आर्म फोर्स डिभिजनको भ्रमण गर्नुका साथै विभिन्न सैनिक उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटघाट समेत गरेका थिए ।

प्रधानसेनापतिले भ्रमणको दौरान बंगलादेश सेनाको सैनिक अस्पताल, नेशनल डिफेन्स कलेज, डिफेन्स सर्भिसेस कमाण्ड एण्ड स्टाफ कलेजलगायत विभिन्न सैनिक संरचना तथा ऐतिहासिक स्थानहरुको समेत भ्रमण गरेका थिए ।

यस प्रकारको भ्रमणले नेपाली सेना र बंगलादेशी सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ९ : ४८ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको