बंगलादेशको भ्रमण सकेर प्रधानसेनापति थापा स्वदेश फिर्ता  | Khabarhub Khabarhub

बंगलादेशको भ्रमण सकेर प्रधानसेनापति थापा स्वदेश फिर्ता 


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशको भ्रमण सकेर प्रधानसेनापति पूर्णचन्द्र थापा स्वदेश फर्किएका छन् ।

बङ्गलादेशका प्रधानसेनापति अजिज अहमदको निमन्त्रणामा गत पुष २७ मा बंगलादेशको राजधानी ढाका पुगेका प्रधानसेनापति थापा बुधबार स्वदेश फर्किएका हुन् ।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

उक्त अवसरमा नेपालस्थित बंगलादेशका राजदूत, नेपाली सेनाका रथीवृन्द र नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति रहेको थियो । प्रधानसेनापतिलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

सेनापति थापासंगै उपरथी ताराध्वज पाण्डे र सहायकरथी प्रेम शाही समेत भ्रमण दलमा सहभागी थिए । प्रधानसेनापति थापा नेपाली सेनाको एम २८ स्काई ट्रकबाट पहिलो पटक ढाँका पुगेका थिए ।

चार दिने बङ्गलादेश भ्रमणको क्रममा उनले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग भेटवार्ता गरे । त्यहाँ उनले नेपाली राजदूतावासले आयोजना गरेको औपचारिक कार्यक्रममा समेत सहभागी भएका थिए ।

यसैगरी उनले बंगलादेशको आर्म फोर्स डिभिजनको भ्रमण गर्नुका साथै विभिन्न सैनिक उच्चपदस्थ व्यक्तित्वहरुसँग भेटघाट समेत गरेका थिए ।

प्रधानसेनापतिले भ्रमणको दौरान बंगलादेश सेनाको सैनिक अस्पताल, नेशनल डिफेन्स कलेज, डिफेन्स सर्भिसेस कमाण्ड एण्ड स्टाफ कलेजलगायत विभिन्न सैनिक संरचना तथा ऐतिहासिक स्थानहरुको समेत भ्रमण गरेका थिए ।

यस प्रकारको भ्रमणले नेपाली सेना र बंगलादेशी सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ९ : ४८ बजे

भारतका सुक्खा प्रभावित गाउँमा बालिकाहरूको शिक्षा संकटमा

एजेन्सी– भारतको महाराष्ट्र राज्यका दूरदराजका खडेरीपीडित गाउँहरूमा रहेका बालिकाहरू शिक्षा

४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं– कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको

सहमतिमा परिस्थिति सामान्य बनाउनुपर्छ : एमाले नेता अधिकारी

देवदह– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य तथा गण्डकी

प्रियांकको उत्कृष्ट ब्याटिङमा कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका ओपनर

मध्यराति पक्राउ परेका प्रसाईंलाई सरकारी वकिल कार्यालय लगियो

काठमाडौं– मध्यरातमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई  म्याद थपका लागि