ओलम्पिकलाई कोरोनाले असर नपार्ने जापानको प्रष्टोक्ति | Khabarhub Khabarhub

ओलम्पिकलाई कोरोनाले असर नपार्ने जापानको प्रष्टोक्ति


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानको टोकियोमा हुन लागेको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित नहुने जापानले प्रष्ट्याएको छ ।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन सक्ने भएकाले प्रतिगोगिता भाँडिएको सूचना बाहिररहँदा जापानले ओलम्पिकलाई कोरोनाले कुनै असर नगर्ने जनाएको हो ।

ओलम्पिक प्रतियोगिता आयोजक समितिका अध्यक्ष योशिरो मोरीले भने, ‘कोरोना भाइरसको सङ्क्रमणको खतरा देखाएर यो ओलम्पिक प्रतियोगिता न त स्थगित हुन्छ, नत पछाडि नै सर्छ ’

जापानका पूर्वप्रधानमन्त्री समेत रहेका मोरीले प्रतियोगिताको तयारीका बारेमा छलफल गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको दुई दिनको छलफल सुरु भइसकेको जानकारी समेत दिए ।

जापानमा अहिलेसम्म कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ भने २ सय ४८ जना सङ्क्रमित भएका छन ।

हरेक चार चार वर्षमा हुने ओलम्पिक प्रतियोगिता आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म हुँदैछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ७ : ०८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास