क्याम्पसले छात्राहरुको भित्रि वस्त्र खोल्न लगाएपछि… « Khabarhub

क्याम्पसले छात्राहरुको भित्रि वस्त्र खोल्न लगाएपछि…


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धार्मिक मूल्य मान्यता र अन्धविश्वासका कारण विभिन्न घटना घट्ने गर्दछन् । यस्ता घटना कति आश्चर्य लाग्दा हुन्छन् भने केहि उदेक लाग्दा र केहि पुरातनवादी सोचका हुन्छन् ।

यस्तै घटना घटेको छ भारत गुजरातको एक क्याम्पसमा जहाँ छात्राहरुको महिनावारी भएनभएको जाँच गर्न उनीहरुको भित्रिवस्त्र अण्डवेर खोल्न लगाइएको छ ।

भारतको गुजरात राज्यमा रहेको क्याम्पसका छात्राहरुलाई उनीहरु महिनावारी भए नभएको जाँच गर्नका लागि अण्डवेर खोल्न लगाएको घटना सार्वजनिक भएको हो ।

गुजरातको भुज शहरमा रहेको श्री सहजानन्द गर्ल्स इन्स्टिच्युट (एसएसजिआई) को छात्राबास प्रमुखले प्रिन्सिपलसँग केही छात्राहरुले महनावारी भएका बेला छात्राबासको धार्मिक परम्परा तोडेको गुनासो गरेका थिए ।

सो गुनासो पछि स्वामीनारायण संप्रदायको नियम अनुसार छात्राहरुलाई महनावारी भएको भए स्वतन्त्र रुपमा अगाडि आउन भनियो । स्वामीनारायण संप्रदायको नियम अनुसार महिनावारी भएका बेला महिलाहरु मन्दिर तथा भान्छामा जान पाउँदैनन् ।

महिनावारी भएको भनेर स्वतन्त्र रुपमा अगाडि नआएका छात्राहरुलाई अण्डरवेयर खोल्न लगाएर त्यसको निर्क्यौल गरिएको आरोप छ । सो क्याम्पसकी एक छात्राले भनेकी छन्, ‘फेब्रुअरी ११ मा होस्टर तथा क्याम्पसअघि हामीलाई एक–एक गरेर बाथरुपममा लगियो र अण्डरवेयर खोलेर हेरियो कि महिनावारी भएको छ वा छैन ।’

ती छात्राले भनिन्, ‘उनीहरुले हामीलाई छोएनन् र उनीहरुको कुराले हामी निकै भयभित भयौँ, आफ्नो कपडा खोलेर प्रमाण दिन बाध्य भयौँ ।’

घटनाले आफूहरुमा गहिरो मानसिक असर परेको र यो घटनाविरुद्ध कानूनी कारवाही हुनु पर्ने उनीहरुले बताएका छन् ।

विश्वविद्यालयकी कार्यकारी काउन्सिल सदस्य प्रवीण पिंडोरियाले छात्राहरुले होस्टेल छोडेमा मात्रै कानूनी कारवाही गर्न सक्ने बताएको छात्राहरुको भनाई छ ।

क्याम्पसकी प्रिन्सिपल रीताबेन, संयोजक अनिताबेन र स्कूलका प्रिन्सिपल दक्षाबेनले आफूहरुलाई भावुक बनाएर ब्ल्याकमेल (भयादोहन) गरेको छात्राहरुले बताएका छन् ।

उनीहरुले आफूहरुलाई बाध्य बनाएर यो घटनामा कुनै कानूनी कारवाही प्रक्रिया नगर्ने सम्बन्धी पत्र लेखाएको छात्राहरुको भनाई छ । स्वामीनारायण संप्रदायका अनुयायी एक छात्राका पिताले भनेका छन्, ‘नियममा मेरो पनि विश्वास छ तर छोरीहरुलाई यसरी प्रताडित गर्ने कुनै अधिकार छैन ।’

एक छात्राका अनुसार महिनावारी भएका छात्राहरुलाई छुट्टै राख्ने संस्थानको नियम छ । तर पछिल्लो दुई महिनासम्म त्यसका लागि कुनै पनि छात्राले नाम लेखाएका थिएनन् । उनीहरुको यो विरोधपछि क्याम्पस तथा होस्टेल प्रशासनले छात्राहरुमाथि दुर्व्यवहार गरेको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ८ : ०० बजे

विश्वकपमा आइभोरी कोस्टको रोमाञ्चक जित: ९० मिनेटको गोलले इक्वेडर पराजित

काठमाडौँ – वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका म्यानचेस्टर युनाइटेडका अमद

अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो

टेक्सस – खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक

काठमाडौँ – अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को