नेपालीलाई सुरक्षित राखेकोमा चीनलाई धन्यवाद : ओली « Khabarhub

नेपालीलाई सुरक्षित राखेकोमा चीनलाई धन्यवाद : ओली


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीलाई भोलि नेपाल ल्याइने बताएका छन् ।

आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चीनमा रहेका नेपालीलाई लिन आज जहाज जाने र भोलि नेपाल ल्याइपुर्याउने बताए ।

कोरोना भाइरसले समस्या सिर्जना गरिरहेको बताउँदै उनले चीनबाट शुरु भएका कारण हामीलाई पनि प्रत्यक्ष असर पर्ने देखिएको बताए ।

कोरोना नियन्त्रणका लागि चीनले गरेको काम प्रशंशायोग्य रहेको भन्दै चीनले नेपालीलाई सुरक्षित राखेको बताए । चीनले सुरक्षित रुपमा राख्दा अहिलेसम्म नेपालीहरुमा संक्रमित नभएको उनले बताए ।

‘चीनबाट हाम्रा नेपाली विद्यार्थी आज नेपाल ल्याउँदैछौं । आज गएपछि नेपाली जहाज भोलि आइपुग्छ,’ प्रधानमन्त्रीले भने, ‘उनीहरुलाई राख्ने उचित प्रवन्ध गर्नेछौं । नेपाली विद्यार्थीहरु र नेपाली समुदायलाई चीनले जसरी राम्रोसँग देखभाल राखेर सुरक्षित राखेको चीनलाई धन्यवाद दिन चाहन्छु ।’

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  १२ : २४ बजे

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण