आफ्नै पार्टीका प्रदेश मन्त्रीलाई कालोमोसो दल्न गएका १२ जना युवा पक्राउ « Khabarhub

आफ्नै पार्टीका प्रदेश मन्त्रीलाई कालोमोसो दल्न गएका १२ जना युवा पक्राउ


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – प्रदेश नम्बर दुई का समाजिक विकास मन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्न गएका १२ भन्दा बढी युवा पक्राउ परेका छन् ।

शनिबार बिहान प्रदेश राजधानी जनकपुरको जानकी हेल्थ केयरको एक खोप कार्यक्रममा सहभागी हुन गएका मन्त्री साहलाई घेरेर कालोमोसो दल्न गएका राष्ट्रिय जनता पार्टी नेपालका करीब १२ जना युवालाई प्रहरीले पक्राउ गरेको हो ।

मन्त्री साह राजपा नेपालका उपाध्यक्ष समेत हुन् । कालोमोसो दल्ने योजना बनाएर प्रवेशद्वार नै अवरुद्ध गरेर बसेपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो । युवाहरुले कार्यक्रमस्थलमै घेरेपछि मन्त्रीले झण्डै १ घण्टा अस्पतालमै बस्नु परेको थियो ।

पछि प्रहरी परिचालन गरेर युवाहरुलाई पक्राउ गरी मन्त्री साहलाई सुरक्षित गन्तव्यमा पुर्याइएको छ । त्यस क्रममा राजपा नेपालका हिरेन्द्र सिंहलगायतका युवाले मन्त्री साहलाई कालो झण्डा समेत देखाएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ५ : ४८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र