कोरोना संक्रमणबाट युरोपमा एक जनाको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट युरोपमा एक जनाको मृत्यु


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– एशियाबाहिर पहिलो पटक कोरोनाभाइरसका कारण एक जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुक फ्रान्समा कोरोनाभाइरसका कारण एक जनाको ज्यान गएको हो । फ्रान्सकी स्वास्थ्यमन्त्री आग्नेस बुज्युनले जनाएअनुसार कोरोनाभाइरसको संक्रमणबाट उपचार गराइरहेका एकजना चिनियाँ पर्यटकको ज्यान गएको हो ।

उनका अनुसार उत्तरी पेरिसको बिसा अस्पतालमा उपचाररत ८० वर्षे चिनियाँ पर्यटकको ज्यान गएको हो । उनलाई गत जनवरी २५ देखि उपचार गरिरहेको जनाइएको छ ।

कोरोनाभाइरसबाट फोक्सोमा संक्रमण भएका कारण उनको ज्यान गएको एएफपीले जनाएको छ ।

चीनबाट शुरु कोरोनाभाइरसबाट हालसम्म करिब १४ सय जनाको ज्यान गइसकेको छ भने अरु हजारौं संक्रमित भएका छन् ।

यसबाट फ्रान्ससहित जापान, हङकङमा र फिलिपिन्समा एक–एक जनाको ज्यान जानुबाहेक बाँकी सबै ज्यान गुमाएका घटना चीनका छन् ।

हालसम्म विभिन्न २४ मुलुकका कोरोनाभाइरसको संक्रमण देखा परेको छ । फ्रान्समा यसअघि ११ जनामा कोरोनाभाइरसको संक्रमण देखा परेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ५ : ५० बजे

प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय सभाको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्री

राष्ट्रपति पौडेल र जापानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हाम्रो

राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ

पदच्युत र टिकट नपाएका कांग्रेस नेता जिल्ला फर्कन आनाकानी 

काठमाडौं– देश फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमय भइसकेको छ ।

तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट