चार परपुरुषसँग लसपस गरेको भन्दै श्रीमानले टालिदिए श्रीमतीको गोप्य अंग ! « Khabarhub

चार परपुरुषसँग लसपस गरेको भन्दै श्रीमानले टालिदिए श्रीमतीको गोप्य अंग !


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चारजना परपुरुषसँग लसपस गरी आफूलाई धोका दिएको भन्दै एकजनाले आफ्नी श्रीमतीको गोप्य अंगलाई नै सुपर ग्लू लगाएर टालिदिएका छन् ।

आफ्नो व्यापारिक भ्रमणको सिलसिलामा घरबाहिर रहँदा श्रीमतीले परपुरुषसँग सम्बन्ध स्थापना गरेको थाहा पाएर त्यसो गरेको ती व्यक्तिको भनाइ छ । हाल उनी प्रहरीको नियन्त्रणमा छन् ।

यो घटना अफ्रिकी मुलुक केन्याको हो । दक्षिणी केन्याको किटुयी शहरमा बसोबास गर्ने ३६ वर्षे डेनिस मुमोले श्रीमतीको चालामालाबारे आफूले सामाजिक सञ्जालका सन्देशबाट थाहा पाएको प्रहरीलाई बताएका छन् ।

‘जबजब म व्यापारिक भ्रमणको सिलसिलामा घरबाहिर हुन्थेँ । मेरी श्रीमती अरु नै सँग जाँदिरहिछिन् ’ उनको भनाइ छ ।

आफ्नी श्रीमतीको बानीबाट आजित भएर उनको गोप्य अंगमा सुपर ग्लू लगाएर टालिदिएको उनको जिकिर छ । उनले व्यापारिक भ्रमणको सिलसिलामा छिमेकी मुलुक रुवाण्डा जानुअघि आफूले त्यसो गरेको उनले स्वीकार गरेका छन् ।

आफ्नो गोप्य अंगमा सुपर ग्लू लगाएपछि उनकी श्रीमतीलाई भने असह्य पीडा भएको र छिमेकीहरुको सहयोगमा उनलाई उपचार गराइएको बेलायतको डेली स्टार अनलाइनमा समाचार छ । त्यसपछि मुमोलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले प्रहरीसामु आफ्नो विवाह जोगाउन त्यसो गरेको स्वीकार गरेका छन् । आफ्नी श्रीमती पनि व्यभिचारी भएको भन्दै आफ्नी श्रीमतीलाई १ सय कोर्रा हान्न माग गर्दै अदालतमा मुद्दा समेत दायर गरेको जनाइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ६ : ०९ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९