चार परपुरुषसँग लसपस गरेको भन्दै श्रीमानले टालिदिए श्रीमतीको गोप्य अंग ! « Khabarhub

चार परपुरुषसँग लसपस गरेको भन्दै श्रीमानले टालिदिए श्रीमतीको गोप्य अंग !


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चारजना परपुरुषसँग लसपस गरी आफूलाई धोका दिएको भन्दै एकजनाले आफ्नी श्रीमतीको गोप्य अंगलाई नै सुपर ग्लू लगाएर टालिदिएका छन् ।

आफ्नो व्यापारिक भ्रमणको सिलसिलामा घरबाहिर रहँदा श्रीमतीले परपुरुषसँग सम्बन्ध स्थापना गरेको थाहा पाएर त्यसो गरेको ती व्यक्तिको भनाइ छ । हाल उनी प्रहरीको नियन्त्रणमा छन् ।

यो घटना अफ्रिकी मुलुक केन्याको हो । दक्षिणी केन्याको किटुयी शहरमा बसोबास गर्ने ३६ वर्षे डेनिस मुमोले श्रीमतीको चालामालाबारे आफूले सामाजिक सञ्जालका सन्देशबाट थाहा पाएको प्रहरीलाई बताएका छन् ।

‘जबजब म व्यापारिक भ्रमणको सिलसिलामा घरबाहिर हुन्थेँ । मेरी श्रीमती अरु नै सँग जाँदिरहिछिन् ’ उनको भनाइ छ ।

आफ्नी श्रीमतीको बानीबाट आजित भएर उनको गोप्य अंगमा सुपर ग्लू लगाएर टालिदिएको उनको जिकिर छ । उनले व्यापारिक भ्रमणको सिलसिलामा छिमेकी मुलुक रुवाण्डा जानुअघि आफूले त्यसो गरेको उनले स्वीकार गरेका छन् ।

आफ्नो गोप्य अंगमा सुपर ग्लू लगाएपछि उनकी श्रीमतीलाई भने असह्य पीडा भएको र छिमेकीहरुको सहयोगमा उनलाई उपचार गराइएको बेलायतको डेली स्टार अनलाइनमा समाचार छ । त्यसपछि मुमोलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले प्रहरीसामु आफ्नो विवाह जोगाउन त्यसो गरेको स्वीकार गरेका छन् । आफ्नी श्रीमती पनि व्यभिचारी भएको भन्दै आफ्नी श्रीमतीलाई १ सय कोर्रा हान्न माग गर्दै अदालतमा मुद्दा समेत दायर गरेको जनाइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ६ : ०९ बजे

एन्फा राष्ट्रिय लिग : मच्छिन्द्रको लगातार चौथो जित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार

चुनावी घोषणापत्रमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समेट्न दलहरूलाई वकालत पत्र

काठमाडौं– आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल– दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न